प्रतिनिधिसभा निर्वाचन

काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान जारी, उत्साहका साथ मतदाता सहभागी

विहीबार, २१ फागुन २०८२, १० : २९

काठमाडौं– काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
 
प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले  जानकारी दिए ।
 
निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।
 

 
 
विहीबार, २१ फागुन २०८२, १० : २९

प्रतिक्रिया