काठमाडौं- बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुस्त भएको छ ।
बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ११ः०० बजे सम्म देशभर १९ लाख २३ हजार ८२४ (१०.१८ प्रतिशत) मत खसेको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रतिक्रिया