प्रतिनिधिसभा निर्वाचन

दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो, कुन प्रदेशमा कति ?

विहीबार, २१ फागुन २०८२, १३ : ४८

काठमाडौं– जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसिसकेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७९० मत खसेको हो। 

प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ८ लाख ६८ हजार ३६९ मत खसेको छ।

यसपछि कोसी प्रदेशमा ८ लाख २७ हजार २८७ मत खसेको छ। यस्तै मधेसमा ७ लाख २० हजार ७५२ र बागमतीमा ४ लाख ७३ हजार ७७ भोट खसेको छ।

बागमती प्रदेशको यो तथ्यांक भने काठमाडौँ उपत्यकाका ३ जिल्ला बाहेकको हो। निर्वाचन आयोगका अनुसार बागमती प्रदेशकै काठमाडौँ जिल्लामा दिउँसो १ बजेसम्म २ लाख ८८ हजार ६५९, ललितपुरमा ८४ हजार ७६७ र भक्तपुरमा ४९ हजार २३० भोट खसेका छन्। 

 
 
विहीबार, २१ फागुन २०८२, १३ : ४८

प्रतिक्रिया