प्रतिनिधिसभा निर्वाचन अपडेट

दिउँसो २ बजेसम्म देशभर ६२ लाखले गरे मतदान, कुन प्रदेशमा कति मत खस्यो ?

विहीबार, २१ फागुन २०८२, १५ : ०६

काठमाडौं- बिहीबार जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा दिउँसो २ बजेसम्म देशभर ६२ लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

 

 
 
विहीबार, २१ फागुन २०८२, १५ : ०६

प्रतिक्रिया