बालेनलाई बधाई दिँदै ओलीले भने- तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

शनिबार, २३ फागुन २०८२, २० : १०

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा आफूलाई हराएर निर्वाचित भएका बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

बालेनसँग झन्डै ५० हजार मतान्तरले पराजित भएका ओलीले बालेनको आगामी पाँच वर्षे कार्यकाल सफल रहोस् भन्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । 

ओलीले फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्( हार्दिक शुभकामना ।’ 

शनिबार, २३ फागुन २०८२, २० : १०

प्रतिक्रिया