सल्यानमा नेकपाका रमेश मल्ल विजयी

आइतबार, २४ फागुन २०८२, ०७ : १८

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे ।

यस्तै, नेकपा (एमाले) का गुलावजंग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन्। जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा थिए । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।
 

आइतबार, २४ फागुन २०८२, ०७ : १८

प्रतिक्रिया