काठमाडौं– बहुप्रतिक्षित कार्काी आयोगको प्रतिवेदन सरकारलाई बुझाइएको छ । भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर प्रतिवेदन बुझाउने क्रममा आयोगका पदाधिकारीहरू उपस्थित थिए।
भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले आयोग गठन गरेको थियो। आयोगलाई प्रारम्भमा एक महिना, त्यसपछि २० दिन र तेस्रो पटक २५ दिन म्याद थप गरिएको थियो। अन्तिम थपिएको म्याद सकिन एक दिनअघि आयोगले प्रतिवेदन बुझाएको हो।
असोज ५ गते गठन गरिएको तीन सदस्यीय आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका थिए। आयोगका अन्य सदस्यमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका थिए।
भदौ अन्तिम सातामा दुई दिन चलेको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका थिए। सरकारी प्रतिवेदन अनुसार ती घटनामा करिब ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको अनुमान गरिएको छ।
प्रतिक्रिया