सुनसरी–१ मा हर्क साम्पाङ निर्वाचित

आइतबार, २४ फागुन २०८२, १४ : ०२

सुनसरी– यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनी ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।
 

 
आइतबार, २४ फागुन २०८२, १४ : ०२

प्रतिक्रिया