मतगणना

समानुपातिकतर्फ पनि रास्वपा भारी मतले अघि, ७५ लाख गन्दा ३६ लाख कटायो, अरुको कति ?

सोमबार, २५ फागुन २०८२, ०७ : ४६

काठमाडौं- प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ः ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले  १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी एमालेले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ३८ हजार २७० , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले दुइ लाख ४० हजार ७६३,मत प्राप्त गरेको छ ।  मतगणना जारी छ ।

सोमबार, २५ फागुन २०८२, ०७ : ४६

प्रतिक्रिया