इरानका नयाँ सर्वोच्च नेताबारे के भन्छ अमेरिका ?

सोमबार, २५ फागुन २०८२, १३ : २५

काठमाडौं - इरानको नयाँ सर्वोच्च नेतामा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनका बुबा आयातोल्लाह अली खामेनेई पछिल्लो अमेरिकी र इजरेली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका थिए।

उनको पहिचान रेभोलुसनरी गार्डनिकट रहेका कट्टरपन्थी व्यक्तिको रूपमा छ। जसले गर्दा यस चयनसँगै तेहरान अझै लडाइँका लागि प्रतिबद्ध देखिएको रूपमा हेरिएको छ।

मोज्तबाका तर्फबाट हालसम्म कुनै अभिव्यक्ति आएका छैनन् तर यसअघि नै राष्ट्रपति ट्रम्पले आफ्नो पूर्वस्वीकृति नलिइए नयाँ नेता ‘धेरै बेर नरहने’ चेतावनी दिएका थिए।

‘खामेनेईका छोरा मलाई अस्वीकार्य छ,’ ट्रम्पले यसै साताको सुरुमा भनेका थिए।

उनले केही घण्टा अघि मात्र आफ्नो स्वीकृति बिना उक्त पद सम्हाल्ने व्यक्ति ‘लामो समय टिक्ने छैन,’ भनेका थिए।

मोज्तबालाई नयाँ सर्वोच्च नेताको रूपमा पुष्टि गर्नुअघि इजरेलले एक चेतावनी जारी गरेको छ।

इजरेलले आफूहरूले मारिएका आयतोल्लाहका ‘हरेक उत्तराधिकारीलाई पछ्याउने काम जारी राख्ने’ जनाएको छ।

सोमबार, २५ फागुन २०८२, १३ : २५

प्रतिक्रिया