काठमाडौं - अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ ।
आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको प्रारम्भिक जानकारी आएको छ । आइतबार साँझसम्म पनि तेहरानमा धुवाँ फैलिएको र दृश्यता निकै कम भएको स्थानीय अधिकारीहरूले बताएका छन् । शहरका विभिन्न स्थानमा थप विस्फोटको आवाज सुनिएको रिपोर्ट भए पनि ती विस्फोट कहाँ भएको हो भन्ने यकिन हुन सकेको छैन ।
स्थानीय सरकारले आइतबार बिहान तेल डिपोमा लागेको आगोबाट निस्किएको प्रदूषित धुवाँ शहरभर फैलिएको चेतावनी दिएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीले पनि जलेका तेल भण्डारण केन्द्रबाट निस्किएका विषालु रसायन वर्षा भएमा खतरनाक ‘एसिड वर्षा’ हुन सक्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया