बालेन साहको चुनावी खर्च १४ लाख १७ हजार, निर्वाचन आयोगमा बुझाए विवरण

सोमबार, २५ फागुन २०८२, १३ : ४२

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित साहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् ।

बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।

उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम र खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।

balen

 
 
सोमबार, २५ फागुन २०८२, १३ : ४२

प्रतिक्रिया