११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “SheSecure 2026: Empowering Women for a Safer Digital World” वेबिनार सम्पन्न ।

मंगलबार, २६ फागुन २०८२, १३ : ३९

 ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघ अन्तर्गतकोWomen in IT Committee द्वारा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित डिजिटल सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले उद्देश्यले “SheSecure 2026: Empowering Women for a Safer Digital World” शीर्षकको वेबिनार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमWomen in IT Committee का संयोजक सरिता न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रारम्भमा संयोजक न्यौपानेले उपस्थित अतिथिहरू तथा सहभागीहरूलाई स्वागत गर्दै आजको डिजिटल युगमा महिलाहरूको सुरक्षित सहभागिता कति जरुरी छ र यस्ता सचेतनामूलक कार्यक्रमहरूले कसरी मद्दत पुर्‍याउँछन् भन्नेबारे आफ्नो कुरा राखेका थिए।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, लेखा समिति संयोजक तथा सदस्यहरू, Women in IT Committee  का सदस्यहरू, देशभरका क्यान महासंघ जिल्ला शाखाका प्रतिनिधिहरू तथा सूचना प्रविधिमा चासो राख्ने महिला दिदीबहिनीहरू गरी करिब १४० जना सहभागीहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले डिजिटल युगमा विशेषगरी महिलाहरू साइबर ठगी, अनलाइन दुर्व्यवहार तथा विभिन्न प्रकारका साइबर अपराधबाट प्रभावित भइरहेका उल्लेख गर्दै डिजिटल सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताईन् । साथै उनले आगामी दिनमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न क्यान महासंघसँगले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा क्यान महासंघकी केन्द्रीय सदस्य तथा नेपाल बैंक लिमिटेडको Card and Digital Banking Division की Division Head  श्री बन्दना शर्माले स्रोत व्यक्तिको रूपमा प्रस्तुतीकरण दिएकी थिईन् । उनले साइबर सुरक्षा (Cybersecurity), सामाजिक इन्जिनियरिङ आक्रमण, फिसिङ, अनलाइन ठगी, डिजिटल उत्पीडन, Deepfake प्रविधिबाट हुने दुरुपयोग, रोम्यान्स तथा लगानी घोटाला लगायतका साइबर अपराधका विभिन्न प्रकारहरूबारे विस्तृत जानकारी दिईन् । साथै उनले बलियो पासवर्ड प्रयोग,, Multi-Factor Authentication (MFA) सक्षम गर्ने, व्यक्तिगत जानकारी सुरक्षित राख्ने तथा साइबर अपराध भएमा नेपाल प्रहरीकोCyber Bureau मा उजुरी दिने प्रक्रियाबारे पनि व्यावहारिक जानकारी गराईन्। प्रस्तुतीकरण पश्चात सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको समाधान पनि गरिन् । 

कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरे तथा महासचिव चन्द्रबिलास भुर्तेलले साइबर सुरक्षा तथा डिजिटल सचेतना अभिवृद्धि गर्न क्यान महासंघले देशभर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गगरे। साथै उनिहरूले कार्यक्रमको सफल आयोजनाका लागि Cyber Bureau  लाई धन्यवाद तथा शुभकामना व्यक्त गरे।

कार्यक्रमको सञ्चालन Women in IT Committee की सदस्य देबकी आचार्य दुलालले गरेकि थिईन् भने कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनु हुने समितिका सल्लाहकार तथा क्यान महासंघका उपाध्यक्ष शेखरनाथ दुलाल र हर्क बहादुर सेटी, समिति सदस्यहरू तथा सम्पूर्ण सहभागीहरूलाई समितिका सदस्य रेखा चौधरीले धन्यवाद ज्ञापन गरेकि थिईन्।

क्यान महासंघले महिलाहरूलाई सुरक्षित, जिम्मेवार तथा सशक्त डिजिटल सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।


 

 
 
मंगलबार, २६ फागुन २०८२, १३ : ३९

प्रतिक्रिया