काठमाडौं- सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई(फाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठुलो सफलता प्राप्त गरेको छ।
मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको यस कम्पनिले तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको छ।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाई-फाई नेपाल देशभर १०० भन्दा बढी सहरहरूमा विस्तार भइसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै आएको छ।
२०२६ मा तीन वर्ष पुरा गरेको यस वाई-फाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाएको छ।
वाई-फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ। सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई-फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगी र व्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ।
छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट सङ्केत हो। २०२५ मा वाई-फाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो।
१ लाख ग्राहक जोडिनुले ग्राहकहरूको वाई-फाई नेपाल प्रतिको माया र विश्वास बढेको देखाउँछ । प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने “ग्राहक महानुभावहरूले वाई-फाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौँ। यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ।”
वाई-फाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।
प्रतिक्रिया