मध्यपूर्व क्षेत्रमा तनावको प्रभाव

काठमाडौंमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ताहरू सिलिन्डर बोकेर वितरण केन्द्रमा धाउँदै

विहीबार, २८ फागुन २०८२, १२ : ०४

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् ।

ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिनका लागि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास वितरण केन्द्रमा लाइन बस्न बाध्य भएका छन्।  बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य छन् । 

 
विहीबार, २८ फागुन २०८२, १२ : ०४

प्रतिक्रिया