काठमाडौं - इरान युद्ध अमेरिकाको लागि निकै महङ्गो पर्ने विश्लेषण हुन थालेको छ । इरान अन्तिमसम्म बहादुरीकासाथ लड्ने विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । इरानमाथि अकारण सैनिक हमला गरेको अमेरिकाले यस पटक इरान युद्ध निकै महंगो सावित हुँदैछ । मध्यपूर्वबाट अमेरिका भाग्ने अवस्था एकातिर सिर्जना हुँदैछ भने विश्वकै शक्ति सम्पन्न अमेरिकी भूमिमै आक्रमण गरेर भयंकर त्रास र आतंक सिर्जना हुने खतरा पनि उत्तिकै बढेको छ ।
गत फ्रेबुअरी २८ मा इरानको सर्वोच्च नेता आयोतोल्ला खामेनीको हत्या गरेपछि अमेरिकासँग अन्तिम युद्ध लडिरहेको इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरु बिनासको सिकार भइरहेका छन् । कतार, कुवेत र बहराईनमा रहेको विश्वकै शक्तिशाली राडार सिष्टम ध्वस्त भएको छ भने प्रतिरक्षा प्रणाली पनि ध्वस्त हुन पुगेपछि अमेरिकाले क्षति क्षति व्यहोरिरहेको छ ।
अमेरिकी जासुसी संयन्त्रले अमेरिकाको क्यालिफोर्नियामा इरानले कुनै पनि भयानक आक्रमण गर्न सक्ने भन्दै तयारी र प्रतिरक्षा दुवै गर्न कडा चेतावनी ट्रम्प प्रशासनलाई दिइसकेको छ । इरानले सो क्षेत्रमा ड्रोन आक्रमण गरेर अमेरिकालाई धेरै ठूलो क्षति पुर्याउन सक्ने अमेरिकी जासुसी संयन्त्रले पत्ता लगाइसकेको लसएन्जन्स टाईम्सले छापेको छ । सो सूचना एफबिआईलाई उध्रित गर्दै प्रकाशित गरिएको हो ।
उता, इराकको एक सञ्चार माध्यमले अमेरिकामाथि समुन्द्रभित्रैबाट इरानले मिसाइल प्रहार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको दावी गरेको छ । इरानका डेपुटी सेना प्रमुख जनरल अलि फेदावीलाई उध्रित गर्दै प्रकाशित समाचारमा समुन्द्रभित्रैबाट अमेरिकासम्म कडा प्रहार गर्न सक्ने क्षमता इरानसँग भएको र सो हतियार अबको केही दिनमा प्रयोग हुने दावी उक्त समाचारमा गरिएको छ ।
इरानले पनि अहिलेसम्म सबै अत्याधुनिक हतियार प्रयोगमा ल्याइसकेको छैन । अमेरिकी सञ्चार माध्यम सिएनएनले इरानको सत्ता पलटको कुनै सम्भावना नभएको र यो सम्भव पनि नभएको समाचार प्रकाशित गरिसकेको छ । अमेरिकी रोयटर्सले त झन् इरान युद्ध डोनाल्ड ट्रम्प र उनको सल्लाहकारको गलत पूर्वानुमानको परिणाम भएको दावी गरेरै समाचार प्रकाशित गरिसकेको छ ।
इरानले पटक पटक यो युद्ध अमेरिकाले सुरु गरेको र अन्त्य गर्ने निर्णय इरानले गर्नेछ भनेर कुटनीतिक रुपमा अर्थपूर्ण अभिव्यक्ति दिँदै आएको छ । तेहरानका धेरै भवन र पूर्वाधारहरुमा अमेरिका र इजरायलले हवाई हमला गरेर ध्वस्त पारेपनि इरान सजिलै हार मान्ने वा गल्नेवाला छैन किनभने तेहरानभित्र अर्को सुरुङी तेहरान छ ।
इरानका सर्वोच्च नेता आयोतुल्ला मोजतावा खामेनीले मध्यपूर्वमा रहेको सबै अमेरिकी बेस र सैन्य अखडाहरु हटाउन चेतावनी दिँदै अन्यथा ध्वस्त पारिदिने चेतवानी दिएका छन् । सर्वोच्च नेता छनौट भएपछि पहिलो पटक सामाजिक सञ्जालमा एक्समार्फत उनले यस्तो चेतावनी दिएका हुन् । इरानका सर्वोच्च नेता खामेनीले अमेरिकी र उसको एलाइन्सलाई स्ट्रेट अफ हर्मुजबाट इन्धन लैजान नदिने चेतावनी मात्रै दिएका छैनन् हिजै मात्रै दुई वटा तेल बोकेका पानी जहाजलाई ध्वस्त पारिदिएको छ ।
प्रतिक्रिया