काठमाडौं- प्रख्यात साहित्यकार पारिजातको ९२ औँ जन्मजयन्तीको अवसरमा फागुन ३० गते विविध कार्यक्रम आयोजना गरिने भएको छ। पारिजात स्मृति केन्द्रले हरेक वर्ष फागुन ३० गते ‘पारिजात जन्मजयन्ती’ मनाउँदै आएको सन्दर्भमा यस वर्ष पनि विशेष समारोहको तयारी गरिएको हो।
म्हेपी स्थित पारिजात स्मृति भवनमा आयोजना हुने यस कार्यक्रममा मुख्यतया तीनवटा विशेष आकर्षण रहेको छ।
सबैभन्दा पहिले, पारिजातको प्रतिमामा माल्यार्पण गरी उनिप्रति श्रद्धासुमन अर्पण गरिनेछ । त्यसलगत्तै, यस वर्षको ‘पारिजात सम्मान २०८२’ प्राप्त गर्ने व्यक्तित्वहरूको नाम औपचारिक रूपमा घोषणा गरिने छ ।
अर्को यस कार्यक्रमको सबैभन्दा प्रतिक्षित पाटो 'पारिजात परिसंवाद' रहेको छ। जहाँ नेपाली साहित्यका दिग्गज व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठी सँग डा.महेश मास्केले पारिजातको व्यक्तित्व र कृतित्वमाथि गहन गर्ने भएका छन् ।
प्रतिक्रिया