पारिजात सम्मान–२०८२ का विजेताहरू घोषित

आइतबार, ०१ चैत्र २०८२, ११ : ३१

काठमाडौं– सुप्रसिद्ध नेपाली साहित्यकार पारिजातको स्मृतिमा प्रदान गरिने पारिजात सम्मान–२०८२ का विजेताहरू घोषणा गरिएको छ ।

पारिजात स्मृति केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कला, साहित्य र समाजमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय गरिएको हो।

Parijat (6)

घोषित नामअनुसार पारिजात बालसाहित्य सम्मान–२०२ बाट बालसाहित्यकार राम बाबु सुबेदी सम्मानित हुनेछन् । यस्तै पारिजात कला सम्मान–२०२ बाट गीतकार तथा संगीतकार सरद पौडेल, पारिजात सृजन सम्मान–२०२ बाट नबिन बिस्वास तथा पारिजात संघर्षशील महिला सम्मान–२०२ बाट देबि खड्का सम्मानित हुने भएका छन्।

केन्द्रका अनुसार वैशाख ५ गते पारिजातको स्मृति दिवसको अवसरमा सम्मान समर्पण गरिनेछ । सोही दिन पारिजातको ९१ औँ जन्मजयन्तीका अवसरमा “डा. सँग मन्थन पारिजात परिसंवाद” कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ ।

 
 
आइतबार, ०१ चैत्र २०८२, ११ : ३१

प्रतिक्रिया