इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकी दूतावासको आग्रह

आइतबार, ०१ चैत्र २०८२, १४ : ०४

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षामा सहयोगीहरूको साथ खोजिरहँदा बग्दादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ूतत्कालू इराकबाट बाहिरिन भनेको छ।

शनिवार दूतावासको भवनमा क्षेप्यास्त्र प्रहार भएका विवरणहरू आएका थिए।

दूतावासले त्यहीँ बस्ने विचारमा रहेकाहरूलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको छ।

‘इरान र ऊसम्बद्ध आतङ्कवादी मिलिशिया समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि ठूलो खतरा पैदा गरेका छन्। अमेरिकी नागरिक, हित र महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमणहरू भएका छन्’ू दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

ट्रम्पको अपील

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सहयोगी देशहरूले हर्मुज स्ट्रेटको सुरक्षाका निम्ति साथ दिनुपर्ने अपील दोहोर्‍याएका छन्।

उक्त मार्ग तेल ओसारपसारका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूमाथि इरानको अवरोध जारी रहेसँगै विश्व ऊर्जाबजारमा पनि असर गहिरिँदै गएको विवरणहरू आइरहेका छन्।

ट्रम्पले यसअघि ‘ट्रूथ सोशल’ मा पोस्ट गर्दै यूकेसहित अन्य देशलाई पनि उक्त मार्गमा जहाज पठाएर अमेरिकालाई साथ दिन भनेका थिए। सँगैको अर्को पोस्टमा उनले उक्त मार्गबाट तेल प्राप्त गर्ने देशहरूले त्यसको सुरक्षामा ‘स्वयंले ध्यान दिनुपर्ने’ उल्लेख गरेका थिए।

एनबीसीसँगको एउटा अन्तर्वार्तामा ट्रम्पले आफू अझै इरानसँग सम्झौताका निम्ति तयार नभएको बताएका छन्। उनका अनुसार ‘सर्तहरू पर्याप्त रूपमा राम्रा भइसकेका छैनन्।’

इरान के भन्छ ?

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी सञ्चारमाध्यम ुएमएस नाउुसँगको कुराकानीमा इरान, अमेरिका र इजरेलबीच चलिरहेको सङ्घर्षका कैयौँ आयामबारे चर्चा गरेका छन्।

होर्मुज स्ट्रेटबारे उनले उक्त मुख्य तेलमार्ग ूखुलाू रहेको बताए। उक्त मार्ग केवल इरानका ूशत्रुूका ट्याङ्कर र जहाजलाई बन्द रहेको तर बाँकी सबै उक्त मार्ग भएर आवतजावत गर्न स्वतन्त्र रहेको उनको भनाइ छ।

त्यस्तै नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेई घाइते भएको भन्ने विवरणहरूबारे सोधिएको प्रश्नमा उनले भने ः‘उनमा केही समस्या छैन भन्ने चाँडै नै सबैले देख्ने छन्। उनी आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् र गरिरहने छन् ।’

क्षेत्रीय तनाव उस्तै

यूएईको फुजाइरा बन्दरगाहमा अझै आगो निभिनसकेको विवरण छ। शनिवार इरानले उक्त बन्दरगाहलाई निसाना बनाएको थियो। उक्त हमलापछि त्यहाँ आगो लागेको थियो।

त्यस्तै साउदी अरब, यूएई र कतारले शनिवार पनि इरानले प्रहार गरेका केही ड्रोन र विफल तुल्याइएको जनाएका छन्।

इजरेली सेनाले पनि आइतवार बिहान इरानले हानेका क्षेप्यास्त्रहरूलाई रोकिएको जनाएको छ। ती क्षेप्यास्त्रहरू मध्यइजरेललाई लक्षित गरेर प्रहार गरिएका बताइएको छ।

घटनामा मानवीय क्षतिको कुनै विवरण आएको छैन।

बीबीसी न्यूज नेपाली

आइतबार, ०१ चैत्र २०८२, १४ : ०४

प्रतिक्रिया