नेपाली ग्राहकहरूका लागि आकर्षक बचतको अवसर सहित दाराजद्वारा “द रियल सेल”को घोषणा

आइतबार, ०१ चैत्र २०८२, १६ : २९

काठमाडौं- नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ ।

यस अभियान अवधिभर ग्राहकहरूले ६०% सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नुहुनेछ ।अधिल्ला सेलहरुमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ¥होटोका तर्फ बाट ४४% सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ । 

ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि “बेष्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दाराजको दूई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । यस अन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटहरूभन्दा बाहिर, “द रियल सेल” को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नु भएको कम्पनीले बताएको छ । 

यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नुहुनेछ । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
 

 
 
आइतबार, ०१ चैत्र २०८२, १६ : २९

प्रतिक्रिया