आज मेरो डायरीको पन्नाबाट अर्को लेखको रुपमा आएको छ “वर्तमान निर्वाचनको समिक्षा” सम्बन्धी अनुसन्धनको प्रस्तुती । मेरो छोटो समयको अनुसन्धानले निकालेको निचोडमा २०८२ फागुन २१ गतेको निर्वाचनको नतिजा सम्बनधी चर्चा परिचर्चा स्थानीय बजारमा भएको जानकारी गराउँदछु ।
स्थानीय बजार, टोल, समुदाय, घरदैलो, चौतरा र चिया पसलमा स्थानीय जनता भेलाभई आ–आफ्नो बिचार बिर्मश निर्वाचनको नतिजामा छलफल गरी अन्तरकृmर्या समेत गरेको पाईन्छ । सो भेलामा सहभागि हुने व्यतिmहरुमा जेष्ठनागरिक, महिला, बालबालिका, जेन्जी युवाहरु, अवेस्यक र विज्ञहरुको सक्रियता देखिन्थ्यो । भेलाको एजेन्डा भनेको वर्तमान निर्वाचनको नतिजा सम्बन्धी बिश्लेषण गरेको पाइन्थ्यो । पुराना दलहरुको कामको मुल्याकन गरेको पाईन्थ्यो । नेपालमा अब असली लोकतन्त्र आएको देखिन्छ ।
त्यसैले होला नेपाली जनताले आफुले सोचेको जस्तो नतिजा यस पालीको निर्वाचनमा देखाई दिएको छ । अबको न्यायाधीश भनेको नेपाली जनता हुन भनी सम्झनु पर्दछ । नेपालमा आउनुपर्ने नतिजा यहीनै हो र आएर छोड्यो । थप अझै जेष्ठनागरिकहरुले भनेका थिएँ । स्याबास नेपाली जनता तपाईहरुलाई राम्रो काम गरेको उपलक्ष्यमा हार्दिक धन्यवाद छ । नेपालका राजनीति दलहरुको दम्भ र घमण्डलाई नेपाली जनताले सबै सपना चकनाचुर गरिदिएकोमा राम्रो भएको छ । यस भन्दा पहिले नेपालका दलहरुले बिचमै सरकार ढाल्ने सांसदको जोडघटाउ गर्ने र विकासको काममा नलाग्ने मात्र खेल भएकोले यस्तो नतिजा आएको हो भनेको थियो ।
नेपाली जनता वाक्क दिक्क भएर यसपालीको निर्वाचनमा देखाई दियो । जनताको हातमा मौका कहिले आउला र देखाउला भन्ने आशमा बसेका थिएँ । यसपालीको नेतृत्व नेपालका युवाहरुलाई दिएको छ र पुराना दलहरुलाइृ खुम्च्याई दिएको छ । पाँच बर्षका लागि युवाहरुले नेतृत्व गर्ने गरी बहुमत दिएको छ । युवाहरुको सरकारले पनि उस्ते कार्य शैली गरेमा पछि नेपाली जनताले राम्रो मुल्याकन गर्नेछन् । नेपालका चिया पसलहरुमा भेला भएका नेपाली जनताहरुले निकालेको निचोड यस्तो छ । पुराना राजनीतिक दलहरुको बित्रिष्णा, कार्य शैली र २०८२ भाद्र २३(२४ गतेको जेन्जीआन्दोलनमा गरेको दमनले गर्दा सबै पुराना राजनीतिक दलहरुलाई सत्तामा आउन बार लगाइ दिएको छ ।
पुराना दलहरुले नेपाली जनताले चाहेको जस्तो विकासमा अगाडी नपढेकोले यो स्थिति आएको भनेकाछन् । नेपाली जनताले चाहेको थियो नेपालमा भ्रष्टाचार निर्मूल, सुशासनको स्थापना, आधुनिक कृषिको क्रान्ती, बेरोजगारीे अन्त्य, स्वरोजगार स्थापना, पर्यटन विकास, सबैको घरदैलोमा समृद्धि ल्याउने, महिलाको सशतिmकरण गर्ने, उधोगधन्दाको विस्तार, बिदेशीयका युवाहरुलाई स्वदेश फिर्ताल्याई रोजगारी दिने, प्राविधिक शिक्षको थालनी, बालबालिकाको अधिकार तथा विकास, देशमा भइरहेको बलत्कारको अन्त्य, बालविवाहको अन्त्य, छुवाछुत तथा विभेदको अन्त्य, समावेसी समाजको स्थापना, गाउँघरमा निशुल्क सुस्वास्थ्य र नेपाली जलश्रोतको सही प्रयोग नगरेकोले यस्तो नतिजा आएको हो भनेका छन । नेपाली जनताको अवाजको बुलंंन्दलाई कसैले नसुनेकोले पनि यो पमिक्षा गरेको हो भनेको छ ।
यस नतिजामा कुनै देशको घुसपिड र हात पनि छैन् । हाल नेपाली जनताले राष्ट्रिय स्वातन्त्र पार्टीलाई साथ दिएको कारण हो सबै जनप्रतिनिधि युवाहरुछन् र प्रधानमन्त्रीको नेतृत्व लिने व्यतिm पनि पहिलेदेखि युवा हुने भएको धोषणा गरेकोले सो पार्टीलाइ एक पटक सत्तामा पुगाएमा देशको मुहार फेरीन्छ की भनि सबैले विश्वास गरेको हो । त्यसैले युवाहरुको सोचले नेपालमा नयाँ परिवतृन ल्याउछन् भन्ने सोचमा यो परिणाम आएको हो । युवा जनप्रतिनिधिहरुको नयाँ सोच, नयाँ बिचार, नयाँ परिरवर्तन, नयाँ विकासको लागि अगाडि बढ्ने विश्वासले नेपाल जनताले मतदिएका हुन र त्यसैले नेपालमा विकासको ब्राण्डीङ्ग गरी विश्वमा नेपालको नयाँ परिचय दिने विश्वासका साथ यो बहुमत दिएको हो ।
यसका लागि पुरानो अनुभवको आवश्यकता चाहिदैन र नयाँ बिचार र अनुसन्धानको आधारमा विकास अगाडी बढाउन सकिन्छ भने सोचले यो कदम अगाडी बढेको हो भन्दछन् नेपाली जनता । उही पुराना दलहरुको जस्तो शैलीले काम गरेमा उही पुराउना दलको जस्तो मुल्याकन रास्वपाको पनि हुनेछ । जुन जोगी आयो कान चिरेको जोगी आयो भन्ने उदाहरणको साकार नहोस भन्ने सोचाइमा छन् नेपाली जनता ।
अझै पनि सबै राजनीतिक दलहरु आफनो गल्ती स्वीकार नगरी सुधारको पक्षमा नलागेमा फेरी यस्तै अवस्था भविष्यमा आउने छ र सकिएर जानेछन् भन्ने बिचार नेपाली जनताको छ । यदी कुनै पनि राजनीतिक दलले बहुमत पाएको दब्ब देखाउछन् भने उसको हालत पनि नेपाली जनताले अहिले जस्तै गरी दिने सुझाव दिएकाछन् । यो कुराकोमा सबैले हेक्का राख्नु पर्छ होला भन्ने भनाईछ । म त समाजशास्त्री तथा सुशासन विज्ञ भएकोले नाताले होला हरसमय समाजमा भएका गतिविधि सम्बन्धी संक्षिप्त अनुसन्धान गरी जनताको माझमा ल्याउने गरेको छु । स्थानीय समाजबाट शिक्षा लिने र दिने काम गर्दै आएकोछु ।
मेरा लेखरचनामा समाजका आवाज आउने गर्दछन् । समय सापेक्ष्य अनुसार नयाँ परिर्वतन र आधुनिक विकासमा विस्तार गर्न सुझाउ दिदै आएकोछु । २१औ शब्दातिमा समय अनुसार सकारात्मक परिवर्तन आएन भने हामीले कैले गर्ने भन्ने सोचमा हिडेको हुन्छु । हिजोआजको नतिजाले युवाहरुलाई अग्रता दिनु पर्दछ भन्ने सोच सबैको छ । अब त नेपालको निर्वाचनको नतिजा आउने क्रमजारी भएकोले कुन दललाई कुन स्थानमा नेपाली जनताले राखेको छ भनी अगाडी बढेको छ । लोकतन्त्रमा अन्तिम फैसला भनेको नै नेपाली जनताको हुने गर्दछ । सो फैसलालाई शिरोधार्य सबै राजनीतिक दलहरु गर्नु पर्ने हुन्छ ।
सबै दलहरुले अहिलेको कमी कमजोरी नसच्याउने हो भने सबै दलहरु अर्को पटक झन सकिने अवस्थामा पुग्ने छन् भन्ने टिप्पणी जनताछन् । हाल प्राप्त निर्वाचनको परिणाम अनुसार राजनीतिक दलहरुले आफनो नेतृत्व र नीतिनियम परिवर्तन गरेएयन भने अर्को पटक फेरी उस्तै नतिजा आउने छ । ततकाल भएको बलात्कार र हत्याको प्रकरण जस्ता घटनाहरु प्रति कडा भन्दा कडा नियम बनाई अबदेखि देशमा यस्ता अपराधका प्रकणमा मृत्यु सजापाउने छ भन्ने ऐनकानून बनाई कार्यान्वयनमा ल्याउन पर्र्दछ । अब म हालसालै प्राप्त भएको निर्वाचनको नतिजा सम्बन्धी प्रकास पार्दछु ।
वर्तमान प्रतिनिधिसभाका लागि २०८२ साल फागुन २१ गतेमा सम्पन्न आमनिर्वाचन बाट राष्ट्रिय स्वातन्त्र पार्टी ९रास्वपा०ले करिब दुईतिहाई सिटसम्म विजय हासिल गरेको मत देखिन्छ । जस्तै प्रत्यक्षमा १२थ सिट र समानुपातिकतर्फ थ७ सिटमा विजय हासिल गर्दा जम्मा १८२ सिट पुगेको डाटा पाइन्छ भने अब दुईतिहाई पुग्नकालागि २ सटिमात्र कम भएकोले अर्को दलबाट सहयोग लिनु पर्ने हुन्छ । ती २ सिटको पूर्ति स्वतन्त्र वा अन्य दलहरु हुने विश्वास गरिएको छ । नेपालको वर्तमान परिस्थितिमा पहिले त निर्वाचन हुन्छकी हुँदैन भन्ने दोधार थियो । तर निर्वाचन शान्तिपूर्णले सम्पन्न भयो । यस निर्वाचनमा सुरक्षाकर्मीले खेलेको भूमिका महत्वपूर्ण थियो ।
त्यसका लागि सुरक्षामा खटिएका सम्पूर्ण टीमलाई हार्दिक धन्यबाद नेपाली जनताले दिएकाछन् । अर्कोतर्फ राष्ट्रसेवक कर्मचारीहरुको महत्वपूर्ण भूमिकालाई दिएको छ । रातदिन खटिएर आफनो जिम्मेवारी पूरा गरेकोले समयमा नै सफलता हासिल गरेकोमा राष्ट्रसेवकहरुलाई हार्दिक धन्यवाद दिएको छ । निर्वाचन आयोगको भूमिका सबभन्दा महत्वपूर्ण थियो र देशबिदेशले स्याबासीका साथै धन्यवाद दिदै आएको क्रम जारीनै छ । देशको तेस्त्रोअंगको रुपमा देखिएको देशबिदेशका प्रेश जगतलाई हार्दिक धन्यवादे दिएको छ । नेपालको वर्तमान निर्वाचन प्रणालीको जटिलताका बीचमा पनि रास्वपाले सबभन्दा बढी बहुमत ल्याउन भनेको चानचुने कुरो होइन् ।
परम्परागत दलहरु प्रति नागरिकहरुमा फैलिएको निराश र आक्रोस, नयाँ र पुराना अनुभवि दलभन्दै गरिएको कित्ताकाट र २०८२ भाद्र २३(२४ गतेको जेन्जी युवाहरुको आन्दोलनमा भएको घटना सम्बन्धी स्थानीय बजारमा कुरा हुँदा हँुदै पनि यस्तो परिणामले रास्वपालाई नेपाली जनताले मत दिने निर्णय गरेको रहेछ भन्ने कुरा यो नतिजाले देखाएको छ । यसको श्रेय रास्वपा दलको सम्पूर्ण टीमलाई जान्छ । स्थानीय जनताले सम्पूर्ण रास्वपाको टीमलाई हार्दिक बधाई दिएको छ । यसपालीको निर्वाचनले संसद्मा ऐतिहासिक पुस्तान्तरण भएको देखिन्छ । नेपाली जनताले छानीछानी युवाहरुलाई विजय गराएको छ । यसपालीको ंसंसद्मा ६० भन्दा बढी प्रतिशतले युवाहरुको उपस्थिति हुने छ । नयाँ सासंदहरुलाई संसदको अभ्यास सम्बनधी अभिमुखिकरण दिनुपर्ने छ । यसपालीको परिणाम हेर्दा महिलाहरुको बर्चश्वा प्रतिनिधिसभाको पत्यक्षतर्फ संसदमा बढेको छ ।
पहिलेको इतिहास पल्टाउदा २०१५ सालमा एकजना महिला प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित श्री द्वारीका देवी ठकुरानी डंडेल्धुरा क्षेत्रको नं.६६बाट बिजय हुनु भएको थियो भने, २०८२ फागुन २१ गतेको दिनमा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १४ जना महिलाहरु निर्वाचित भएकाछन् । क्रमबद्ध नाम भन्ने हो भने १० कल्पना घिमिरे नेपाल(डोटी, २० जुनु हमाल डोल्पा, ३० सीता परियार रुकुम पूर्व, ४० बिनु कुँवर पाल्पा, अजिता तिवारी मुस्ताड।,६० रुद्रादेवी शर्मा कास्की, ७० स्किम श्रेष्ठ सिन्धुली, ८० लीला केसी(सोलुखुम्बु, ९० रेखा कँडेल खोटाड।, १०० सिर्जना थपलिया(संखुवासभा, ११० बन्दना राई(तेह्रथुम, १२० सोविता गौतम चितवन, १३० रंञ्जु दर्शना न्यौपान काठमाण्डौ, १४० इन्दीरा रानामगर झापा हुन भने प्रत्यक्षतर्फको महिलाहरुको प्रतिनिधित्व जम्मा ८५ पुगेको छ । यसले अझै महिलाहरुले आफनो जिम्मेवारी राजनीतिकमा देखेका छैन् । अझै महिलाहरुको चेतना अभिवृद्धि राजनीतिकमा गर्नु पर्ने देखिन्छ ।
यसले महिलाहरुको सशतिmकरणमा पूर्णता देखिदैन् । ६७ बर्ष पश्चात पनि महिलाहरुको संख्या प्रत्यक्षतर्फ १ बाट १४ सम्म पुगेको छ । यसले महिलाहरुको प्रतिनिधित्व अझै धेरै कम भएको देखिन्छ । यसले समावेसीतामा कमीकमजोरी देखिएको छ । निर्वाचन आयोगले कडा भन्दा कडा नीतिनियम निमार्ण गरी सबै राजनीतिक दलहरुलाई अनिवार्य रुपमा ३३ प्रतिशत सबैले पुगाउनु पर्ने हुन्छ भनुपर्दछ । प्रतिनिधिसभा सदस्यमा पनि समानुपातिकतर्फ जस्तो नियम बनाई लागु गर्नु पर्छ । अर्कोतर्फ हेर्नेहो भने यस निर्वाचनमा जिल्ला सुरक्षाको कमान्डमा दुई महिला प्रमुख थिएँ जस्तै १० बसुन्धारा खडका(झापा जिल्लाको प्रहरी प्रमुख नेतृत्व सम्हाल्दै आउन भएको थियो । वहाँ प्रहरी उपरीक्षक (एसपी) को रुपमा जिल्लाको नेतृत्व समालेको थियो र सफलताका साथ आफनो कार्य समयमा सम्पन गरेको थियो ।
२० छिरिङ्गकिप्पा लामा मुस्ताड जिल्लाको प्रहरी कार्यालयको नेतृत्व नायब उपरीक्षक (डीएसपी)को रपमा सम्हाल्दै आउनु भएको थियो । केन्दमा महिला प्रधानमन्त्रीको नेतृत्वमा बर्तमान निर्वाचन संचालन भएको थियो । धेरैजसो जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत महिलानै हुनहुन्थ्योे । यसले महिलाहरुको विकास राम्रो भएको भएको देखिन्छ तर भने जस्तै समावेसी भएको पाइदैन् ।
यसपालीको निर्वाचनमा पुस्तान्तरण भएको देखिन्थ्यो । यसपाली २०८२ को निर्वाचनमा प्रत्यक्षतर्फ निवाचित सांसदहरु थथ जनाको संख्या ३९ बर्षभन्दा कम उमेरका सासद भएको इतिहास छ् यसले युवाहरुको ३३प्रतिशत पुगेको देखिन्छ । सोही उमेरका सांसद २०७९ सालको संख्या ९ जना थियो भने २०७४ सालमा १० जना निर्वाचित भएको डाटा इतिहासमा छ । यस नतिपाले पुस्तान्तरण निकै भएको देखिन्छ । २१ फागुन २०८२मा भएको प्रतिनिधिसभाको निर्वाचनले नेपालको रानीतिक नक्सा नै बदली दिएको छ ।
रास्वपाले १६थ प्रत्यक्ष सिटमèये १२थ सिट एकलेले जितेको इतिहास कायम गरि दियो । एउटा दलको यस्तो वर्चश्व नेपालको संसदीय निर्वाचनको इतिहासमा कहिल्यै भएको थिएन् । तर यो केवल एउटा दलको विजय मात्र होइन । तीन दशकदेखि मुलुकको राजनीतिकमा बर्चश्व जमाउदै आएका स्थापित राजनीतिक शतिmहरुको पराजयको कथाले बढो चिन्ता लागेको दलहरुलाई । यस विजय र पराजयको कथालाई निर्वाचन तथ्याक मार्फत हेर्दा एउटा प्रमुख परिर्वतन संसदमा आएको छ र यसले संसदमा पुस्तान्तरण गरेको पाईन्छ । नेपालको राजनीतिक इतिहासमा निर्वाचनमार्फत भएको सबैभन्दा नाटकीय सत्ता हस्तान्तरणको दृश्यलाई देखाउँछ । पहिलेका शतिmशाली राजनीतिक दलहरु यसपालि खुम्चीएको स्थानले चिनतामा छन् ।
सबै राजनीतिक दलहरुको मुल्याकन नेपाली जनताले गरेको तथ्य हो । यो निर्वाचनमा रास्वपाले देशभर लहर ल्याएको देख्दा कर्णली प्रदेशमा भने उही गतिकासाथ विस्तार रहन सकेईन् त्यो कमजोरी देखिएको छ । रासवपाले पनि आफनो मूल्याकन आफैले गर्नुपर्ने देखिन्छ । अझै अको कुरा भन्नेहो भने रास्वपाको लहरमा छुटको सीमान्तकृत समुदाय छन्। प्रत्यक्ष निर्वाचनमा संसदमा खसआर्यसमुदायको प्रतिनिधित्व बढेको देखिन्छ भने दलित, थारु, मधेशी र आदिवासी समुदायको उपस्थिति खुम्चिएको देखिन्छ । प्रत्यक्षतर्फको नतिजाले सिर्जना गरेको समावेशीको खाडललाईसमानुपातिक प्रणालीले पनि पुर्न नसकिने संम्भावना देखिएको छ । सबै दलहरुले समानुपातिकतर्फ
समावेशीको संख्या मिलाएर ल्याएमा बराबर हुने थियो । तर चेतनाको कमी भएर हालो वा आर्थिकको अभावले होलो समावेशीको प्रतिनिधित्व ससदमा हुन नसकेको परिणाम देखिएको हो ।
अझै नेपाली जनताले निर्वाचनको सहि महत्वबारे चेतना नभएर होला । प्रतिनिधिसभातर्फको निर्वाचनमा करिब ६० प्रतिशत मतदान पुगेको थियो । जनतालाई अझै निर्वाचन शिक्षाको आव्श्यकता देखिन्छ । करिरब ३थ प्रतिशत खसेको मतरद्द भएको डाटा पेश भएको छ त्यो पनि निर्वाचनको शिक्षाको कमि हो । साथै सदर मतको ३ प्रतिशत कटाउने राजनीतिक दलहरुलाई सिट पाउने हक कानूनी व्यवस्थामा छ ।
त्यसको कानूनी जानकारी सबैदलहरुलाई थाहाछैन् । निर्वाचन गरिने प्रकृर्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फको व्यवस्था सम्बन्धी सबै दलहरुलाई राम्रो शिक्षा दिन निर्वाचन आयोगको जिम्मेवारीमा पर्दछ । त्यसकालागि एक छुटै प्रशिक्षण दिने योजना तयारगरी समुदाय देखि केन्द्रसम्मको प्रशिक्षण कक्षा संचालन गरी निर्वाचन हुनभनदा पहिले पुरा गर्नु पर्ने हुन्छ । यसपालिको समानुपातिको सोफटवयर बनाए जस्तै पार्टीको प्रत्यक्ष तर्फ पनि त्यस्तो सोफ्टवयर तयार गरी सबैको कलस्टर पुगे नपुगे जानकारी सोही समयमा भयो भने सो राजनीतिक दलले
समावेशीतर्फका उमेदवार खोजी आफनो तयारी गर्दछ र त्यसमा महिला, पिछडीयको क्षेत्र, अपाङ्ग, आदिवासीजनजाति, दलित, थारु, मधेश, मुस्लिमको समावेशी बराबर पूग्ने छ । निर्वाचन आयोको जिम्मेवारीमा थप कम्पुटरको सोफटवयर तयार गरि बुझाउने प्रकृया लागु गर्नु पर्ने छ । यसपालीको निर्वाचनको प्रत्यक्षमा महिलाहरुको संख्या ३३ प्रतिशत नपुगेको कारण अन्त्यमा समानुपातिक सूचिमा पुरुषलाई घाटा लाग्ने नीति बनाएको छ । सबै कलस्टरको सहभागिता बराबर गर्नकालागि निर्वाचन भन्दा पहिले नीतिनियम बनाई लागु गर्नु पर्ने देखिन्छ । समावेशीको स्तरमा कमीकमजोरी देखियो ।

नेपालको निर्वाचन आयोग निकाले अन्तिम नतिजा तल उल्लेख गरिएको छ । सब भन्दा बढी युवाहरुको पार्टी रास्वपा प्रत्येक्षमा १२थ सिट १२थ र समानुपातिकमा थ७ सिट गरि १८२ सिटमा तिल हासिल गरेको देखिन्छ र सबभन्दा ठूलो दलको रुपमा नेपाल देखिन्छ । यस दलका प्रतिनिधिसभाका सदस्यहरु मèय ७थप्रतिशत युवाहरुको प्रतिनिधित्व छ । जसमा ३३ प्रतिशत भन्दा बढी महिलाहरुको प्रतिनिधित्व छ । जनप्रतिनित्वको उमेर हेर्ने हो भने २थदेखि ७० बर्षसम्मको उमेरका व्यतिmको समुह छ । जसमा २० प्रतिशत मेडिकल डाक्टर, २० प्रतिशत इन्जिनियर, २० प्रतिशत पत्रकार तथा मिडियको प्रतिनिधित्व, २० प्रतिशत विभिन्न बिषयमा पिएचडी गरेका विज्ञहरु,र २० प्रतिशत लामो समयसम्म दक्षता हासिल गरेका र समुदाय विकासमा ठूलो अनुभव हासिल गरेका व्यतिmहरुको समावेसी छ र जसको प्रमुख नेतृत्व ३थ बर्षको उमेरका व्यतिmले गर्ने भएकाले देशको विकास राम्रो हुने विश्वास नेपाली जनताले गरेको पाइन्छ ।
त्यसै गरि नेपाली काग्रेसले प्रत्येक्षमा १८ सिट र समानुपातिकमा २० सिट गरि ३८ सिटमा विजय गरेकोले सरकारमा गएको दलको रचनात्मक निगरानी तथा सकारात्क सुझाव तथा सल्लाह दिनका लागि प्रतिपछिको भूमिका निभाउनको लागि नेपाली जनताले दिएको छ । नेपाली काग्रेस अनुभवि तथा पुरानु दल भएकोले समय समयमा ठीक ट्रयाकमा लाउने भूमिका दिएको छ । त्यसै गरि नेकपा एमाले को प्रत्यक्षमा ९ सिट र समानुपातिकमा १६ सिट गरि २थ सिटमा विजय प्राप्त गरेकोले प्रतिपछिको भूमिका दिएको छ । नेपाली जनताले प्रतिपछेमा बसी कामको मुल्याकन गर्ने ठूलो भुमिका दिएको छ ।
त्यसै गरि नेकपालाई प्रत्यक्षे तर्फ ८ सिट र समानुपतिकमा ९ सिट गरि १७ सिटमा विजय प्राप्त गरेकोले धेरै अनुभवि तथा पूर्व प्रधानमन्त्री समेतको नेतृत्वमा टीम गठन भई प्रतिपछेको भूमिका निर्वाह गर्नका लागि नेपाली जनताले मत दिएको छ । त्यस्तै गरि श्रम संस्कृति दललाई प्रत्येक्षमा ३ सिट र समानुपातिकमा ४ सिट गरि जम्मा ७ सिटमा विजय प्राप्त गरेको छ र प्रतिपछेको भूमिका दिएको छ । पूर्व मेयरको नेतृत्वमा टीम विजय गरेको कारण संसदमा नयाँ विकासको लागि समय समयमा घचघच्याउने जिम्मेवारी दिएको छ ।
त्यसै गरी राप्रपालाई पत्येक्षमा १ सिट र समानुपातिकमा ४ सिट गरि जम्मा थ सिटमा बिजय प्राप्त गरेकोले पूर्व सासद श्री ज्ञानेद्र शाही जस्ता युवाहरुले राम्रा विकास कुरा संसदमा निकाल्नका लागि प्रतिपक्षेको भूमिका नेपाली जनताले जनप्रतिनिधित्व गराएको छ । अन्यमा देशका महा विद्वान पूर्व शिक्षा मन्त्री श्री महावीर पुनलाई स्वातन्त्रबाट प्रत्यक्षमा विजय गराएर संसदमा उपस्थितिको लागि पठाएको छ । विजय प्राप्त गरेका प्रतिनिधिसभा सदस्यको बारेमा राम्रो बिश्लेषण स्थानीय जनताले गरेको छ ।
सो अनुसार पाँच बर्षको लागि राम्रो काम गरि जनताको विश्वास जितने आशा गरेको छ । देशमा भएका विभिन्न बिषय विज्ञहरुको सहयोग सरकारले लिई राम्रो वातावरण श्रर्जन ागर्न सक्ने मौका आएको छ । नेपाली जनताको भनाई अनुसार नआतिनु र नमातिनु होला भन्ने सुझाव अग्रिम दिन चाहन्छौ भनेका छन् । नेपाली जनताको इजत राखि काम राम्रो संग गर्नु विश्वास लिएका छन् । अब मेरो छोटो अनुसंन्धानले निकालेको प्रतिवेदनको रास्वपा दललाई स्थानीय जनताको यस पैकार छ । छिटै सरकारको प्रतिनिधित्व चुस्त र दुरुस्त गर्नु होला साथै तल उल्लेख क्रिर्याकलापमा ध्यान दीई जनताका माग पुरा गर्नु होला । नेपाली जनताले दिएको मतको कदर गरि विकासका काममा खटिनु होला भन्ने सुझाव छ । रास्वपाले गर्नुपर्ने कार्य प्रस्तुत गरिएका छन् ।

१. सुशासनको स्थापना र भ्रष्टाचारको अन्त्य कडा नीतिनियम निमार्णले र प्राविधिक विकासले एकै पटकमा अन्त्य गर्नुपर्ने छ ।
२. महिला बलत्कार र हिसां सम्बन्धी कडा भन्दा कडा नीतिनियम निर्माणका कडा सजाएका साथै अन्त्य गर्नुपर्ने छ ।
३. बेरोगारीको अन्त्य गरी सीपमुलक स्वरोगारी स्थापना गरी सबै युवाहरुलाई स्वदेशमा नै रोजगार बनाउने व्यवीथामा पहल गर्ने ।
४. आधुनि कृषि क्रान्तीको माध्यमले नेपालमा भएका खमली नाङ्गा डाँडाकाँडाहरुमा आधुनिक ओर्गानीक खेतीको उत्पादन बढाउनका साथै नेपाली युवाहरुलाई सहभागी गराउने ।
५. समृद्धि ल्याउनका लागि पर्यटन विकासको माèयमले हरिता पर्यटन स्थापना गर्ने र देशका
सम्पूर्ण बेरोजगारहरुलाई काम दिने र आर्थिकको विकास गर्ने ।
६. प्राविधिक शिक्षाको स्थापना गरी देशका युवाहरुलाई प्राविधिक शिक्षा दिई देशमै साना, मझेउला र ठूला उधोगधन्दा खोली देशमा विभिन्न विषयमा उत्पादन बढाई देशको आर्थिक श्रोत बढाउने ।
७. समुदाय स्वास्थ्य प्रणली अनुसार घरघर तथा समुदायमा स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउने र सबैको पहँुच स्वास्थ्यमा पुग्ने व्यवस्था गर्नुपपर्ने हुन्छ ।
अन्त्यको निष्र्कषमा २०८२ फागुन २१ गते भएको निर्वाचनले राम्रो काम गरेको छ । यसपालीको सरकार गठनमा कम समय लाग्ने व्यवस्था नेपाली जनताले तयार गरि दिएको छ ।
रास्वपा दलले माथि उल्लेखित सुझावलहरुकलाई शिरोधार्य गरी अगाडी बढेमा सबै काम सफल हुदै जाने छ । रास्वपाले ६ महिनाभित्र एक दुई एजेन्डालाई कार्यान्यनमा ल्याउने बिषय अगाडी बढाएमा मात्र नेपाली जनता खुशी भई आफुले दिएको मतको महत्व भएको बुझनेछन् । देशमा भउका बिज्ञहरुको खोजी गरि विभिन्न जिम्मेवारीमा नियुक्ति गरि आफनो टीममा सहभागिमा गर्नुपर्ने हुन्छ भने सुझाव दिईन्छ । म पनि समाजशासत्र र सुशासन विकास गर्ने विज्ञ भएकोले वर्तमान गठन भउको नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि देखाउछु । (यस अनुसन्धानका अनुसन्धानकर्ता डा.सिंह, हार्ट क्लब नेपाल, ललितपुर जिल्लाका सभापति हुन ।)
प्रतिक्रिया