काठमाडौं– Infinix नेपालले राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ । यसले ब्रान्डको नेपाली युवाहरू र प्रदर्शनप्रेमी दर्शकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।
निर्भीक खेल शैली र अन्तर्राष्ट्रिय स्तरमा कीर्तिमानी प्रदर्शनका लागि परिचित दिपेन्द्र सिंह ऐरी महत्वाकांक्षा, गति र नयाँ पुस्ताको प्रदर्शनको प्रतीक हुन्—यी सबै गुणहरू Infinix को आजको पुस्ताका लागि शक्तिशाली र स्टाइलिश स्मार्टफोन उपलब्ध गराउने दृष्टिकोणसँग मेल खान्छन् ।
यो सहकार्य त्यस्तो महत्वपूर्ण समयमा आएको हो, जब Infinix ले आफ्नो बहुप्रतिक्षित Note६० सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो सिरिजले आफ्नो सेग्मेन्टमा प्रदर्शन, डिजाइन र प्रयोगकर्ता अनुभवलाई नयाँ स्तरमा पु¥याउने लक्ष्य राखेको छ ।
यस साझेदारीबारे बोल्दै Infinix नेपालका कन्ट्री म्यानेजर पियुष गिरीले भने, “दिपेन्द्र सिंह ऐरीले आत्मविश्वास, उत्कृष्ट प्रदर्शन र निरन्तरताको नयाँ युग प्रतिनिधित्व गर्छन्। उनको यात्रा Infinix ले विश्वास गर्ने मूल्यमान्यतासँग पूर्ण रूपमा मेल खान्छ—सीमाना तोड्दै अपेक्षाभन्दा बढी दिने ।
नेपालमा हाम्रो ब्रान्डको नेतृत्व उहाँबाट गराउन पाउँदा हामी उत्साहित छौं।” आफ्नो उत्साह व्यक्त गर्दै दिपेन्द्र सिंह ऐरीले भने, “म Infinix सँग जोडिन पाउँदा गर्व महसुस गर्छु। यो ब्रान्ड युवाहरूसँग गहिरो रूपमा जोडिएको छ र निरन्तर नयाँपन ल्याइरहन्छ। यस यात्रामा सँगै अघि बढ्न पाउँदा म उत्साहित छु ।”
यस सहकार्य अन्तर्गत, दिपेन्द्र सिंह ऐरी नेपालभर Infinix का विभिन्न क्याम्पेनहरूको अनुहार बन्नेछन् । डिजिटल, रिटेल तथा ग्राउन्ड एक्टिभेसनहरूमा उहाँको सक्रिय भूमिका रहनेछ। आगामी Note६० सिरिजको लन्चबाट सुरु गर्दै, उनले Infinix का उत्पादन र ब्रान्ड पहिचानलाई प्रतिनिधित्व गर्ने मुख्य भूमिका निर्वाह गर्नेछन्।
यस रणनीतिक कदममार्फत क्ष्लाष्लष्ह ले नेपालमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र प्रदर्शन, स्टाइल र भरपर्दोपन खोज्ने युवापुस्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने लक्ष्य राखेको छ ।
Infinixबारे
Infinix एक तीव्र गतिमा बढिरहेको अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड हो, जसले नवीन प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शन प्रदान गर्न प्रतिबद्ध छ । उदीयमान बजारहरूमा बलियो उपस्थितिसहित, क्ष्लाष्लष्ह ले आधुनिक उपभोक्ताको बदलिँदो आवश्यकताहरू पूरा गर्न निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।
प्रतिक्रिया