आजको मौसम पूर्वानुमान

पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

सोमबार, ०९ चैत्र २०८२, ०७ : ०३

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू(भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।

सोमबार देशको पहाडी र हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ र तराई भू(भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन र सावधानी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ । 

सोमबार, ०९ चैत्र २०८२, ०७ : ०३

प्रतिक्रिया