काठमाडौं - काठमाडौं प्रहरीले क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१३ एकान्तकुना बस्ने भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–२० घर भएका ३१ वर्षीय नरेश रेउले र ललितपुर महालक्ष्मी नगरपालिका–२५ नख्खु बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भएका ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् ।
पछिल्लो समय आर्थिक अपराधलाई निकै कडाइ गर्दै आएको प्रहरीले धमाधम यस्ता गतिविधी विरुद्ध कारबाही गरिरहेको छ । हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया