अर्थशास्त्री आचार्यको निधन

सोमबार, ०९ चैत्र २०८२, १५ : ०१


काठमाडौं - नेपालका प्रसिद्ध अर्थशास्त्री तथा अर्थ प्रशासनका अनुभवी व्यक्तित्व केशव आचार्यको निधन भएको छ। केही दिनयता अस्वस्थ रहेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

उनी नेपालको आर्थिक नीतिनिर्माणमा चासो राख्ने तथा समालोचनात्मक विश्लेषण राख्ने गर्थे।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनले नेपालको अर्थतन्त्रको सूक्ष्म विश्लेषण तथा अध्ययन अनुसन्धानमा सक्रिय रहेका थिए। आचार्य २०३४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेको उनका सहकर्मी तथा पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री बताउँछन्।

क्षेत्रीले भने, ‘म उहाँलाई दुई पटकसम्म भेट्न अस्पताल पनि गएको थिएँ, मिराकल हुने आशा गरेका थियौँ तर दुस्खद खबर पायौँ ।’

उनका श्रीमती, एक छोरा र छोरी छन्।

सोमबार, ०९ चैत्र २०८२, १५ : ०१

प्रतिक्रिया