जेको ब्राण्डको नयाँ मोडल ‘जे सिक्स टी’ सार्वजनिक , ६७ लाखमै बिक्री सुरू

सोमबार, ०९ चैत्र २०८२, १७ : १६

काठमाडौं । नेपालमा जेको ब्राण्डको नयाँ मोडल ‘जे सिक्स टी’ सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा÷जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आज एक कार्यक्रमका बीच ‘जे सिक्स टी’ एसयूभी बिक्री सुरू गरेको हो ।

कम्पनीले यसअघि यो एसयूभी जे सिक्स नामबाट बिक्री गर्दै आएको थियो । अहिले अपडेटसहित नयाँ नाममा ल्याएको हो । कम्पनीले जे सिक्स टीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले अहिले विशेष अफर अन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराउने भएको छ ।

कम्पनीले नयाँ जे सिक्स टी नयाँ डिजाइनसँगै ठूलो साइज, अझ अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ल्याएको छ । यसअघि २०० एमएम रहेको ग्राउण्ड क्लियरेन्स बढाएर २२५ एमएम बनाएको छ । अगाडिको ग्रिलमा नै मुख्य परिवर्तन देखिएको नयाँ जे सिक्स टीको साइज पनि परिवर्तन भएको छ । यसको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम छ ।

WhatsApp Image 2026-03-23 at 5.02.56 PM

जेकोले यसमा अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री दिएको छ । जसको कारण अफरोड स्थानमा पनि यसलाई सहजै चलाउन सकिन्छ । लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे सिक्स टीमा ब्याट्री ब्याप भने पहिलेको जस्तै ६५.६९ किलोवाट आवरको छ । रियर ह्वील ड्राइभमा उपलब्ध यो एसयूभीमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

चेरीले जे सिक्स टी मोडलमा सबै लाइट एलईडी प्रयोग गरेको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील दिएको कारण नयाँ जे सिक्स थप बक्सी देखिन्छ । पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर दिइएको छ । साथै, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेभल–२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर पाउन सकिन्छ ।

SPG Automobiles बारे 
SPG Automobiles नेपालको अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो, जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन–प्रविधि तथा समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको छ । बलियो नेटवर्क, ग्राहक–केन्द्रित सेवामार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट https://omodajaecoo.nepal.com मा हेर्नुहोस् । 

 
 
सोमबार, ०९ चैत्र २०८२, १७ : १६

प्रतिक्रिया