सभामुख, प्रधानमन्त्रीदेखि सांसदहरूको शपथ

भोलिदेखि लगातार तीन दिनसम्म उच्चपदस्थको शपथ

मंगलबार, १० चैत्र २०८२, १३ : ५५

काठमाडौं- भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्चपदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् । 

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा फागुन २१ गते सम्म प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ सांसद मध्यका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम तय भएको छ । उनको शपथ बिहान सवा ११ बजे हुने तय भएको छ ।

केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । 

चैत १३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसँग शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ । तर, समय भने यकिन भइनसकेको जनाइएको छ । 

 
मंगलबार, १० चैत्र २०८२, १३ : ५५

प्रतिक्रिया