सामाजिक सञ्जालमा आएका विषयबारे कुलमानको आपत्ति

बुधबार, ११ चैत्र २०८२, १३ : २०

काठमाडौं - नेपाललाई लोडसेडिङ्ग मुक्त गरेर चर्चामा आएका कुलमान घिसिङ रास्वपाको सरकारमा सहभागि हुन्छन् कि हुँदैनन् भन्ने चासो बढेको छ । कतिपयले उनी आगामी सरकारमा सहभागी हुने दाबी गरिरहेका छन् । तर घिसिङ स्वयमले भने त्यस्तो संभावनलाई ठाडै अस्विकार गरेका छन् । बरु उनले पछिल्लो समय आफ्नो बारेमा सामाजिक सञ्जालमा आएका विभिन्न अभिव्यक्तिबारे ध्यानाकर्षण भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अब बन्ने सरकारले मन्त्री बनाउने भन्ने हल्ला भएसँगै उनले नेपालको संविधानअनुसार गैर सांसद व्यक्ति मन्त्री बन्न नसक्ने बताएका छन्। 

साथै जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने भन्दै सरकारमा सहभागिताबारे आफ्नो कसैसँग छलफल नभएको बताएका छन् । 

जेन जी आन्दोलनपछ भएको निर्वाचन र त्यसको परिणामलाई सम्मान गर्दै भविष्यमा उज्यालो पार्टी नेपाललाई अझै सुदृढ बनाउने अभियानमा आफू लाग्ने उनको भनाइ छ।  

भविष्यमा सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणमा आफ्नो प्रतिबद्धता रहेको भन्दै आफुहरु विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।  

बुधबार, ११ चैत्र २०८२, १३ : २०

प्रतिक्रिया