नवनिर्वाचित सांसदरूको शपथपछि रास्वपाको बैठक, संसदीय दलको नेता चयन गरिने

विहीबार, १२ चैत्र २०८२, ०९ : २७

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । 

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । 
 

 
विहीबार, १२ चैत्र २०८२, ०९ : २७

प्रतिक्रिया