काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो।
राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सदस्य शाहलाई सरकार गठनका लागि प्रधानमन्त्रीमा नियुक्त गरेको उल्लेख गरिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शेषनारायण पौडेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति अनुसार नियुक्ति २०८२ साल चैत १३ गते शुक्रबार जारी गरिएको हो।
यससँगै बालेन्द्र शाहले नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढेको छ।
प्रतिक्रिया