यी हुन् बालेन सरकारका मन्त्री

शुक्रबार, १३ चैत्र २०८२, ११ : २१

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री शाहले आज दिउँसो १२ बजेर २४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

यससँगै रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामसमेत अन्तिम रूप दिएको छ। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय आफ्नै जिम्मेवारीमा राख्ने निर्णय गरेका छन्।

पार्टीको सहमतिअनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा। स्वर्णिम वाग्लेलाई दिइने भएको छ भने कानुन मन्त्रालय सोविता गौतमले सम्हाल्नेछिन्। यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खनाल र गृहमन्त्रीमा सुधन गुरुङलाई पठाउने तयारी गरिएको छ।

ऊर्जा मन्त्रालयमा बिराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेशकुमार सिंह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल र कृषि मन्त्रालयमा गीता चौधरीलाई जिम्मेवारी दिने सहमति भएको छ।

त्यस्तै सञ्चार मन्त्रालयमा डा। विक्रम तिमल्सिना, शिक्षा मन्त्रालयमा सिस्मित पोखरेल, श्रम मन्त्रालयमा दीपक साह, पर्यटन मन्त्रालयमा गणेश पौडेललाई पठाउने निर्णय गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता वादीलाई दिइने भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहतालाई पठाउने सहमति भएको रास्वपा स्रोतले जनाएको छ।

 
 
शुक्रबार, १३ चैत्र २०८२, ११ : २१

प्रतिक्रिया