काठमाडौं- पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत लगिँदै छ। दुवै नेतालाई शनिबार काठमाडौं प्रहरीले पक्राउ गरेको हो।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाहमा त्रिवि शिक्षण अस्पताल र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिताको ज्यानसम्बन्धी कसुर (लापरबाही र हेलचेक्य्राइँ गरी ज्यान मारेको)मा अनुसन्धान अघि बढाइएको छ ।
गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया