ओली–लेखक पक्राउ विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिँदै

आइतबार, १५ चैत्र २०८२, १२ : ०४

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी गरिएको छ।

गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोप लगाउँदै दुवै पक्षले छुट्टाछुट्टै निवेदन दर्ता गर्ने तयारी गरेका हुन्। निवेदन आज दर्ता भएमा भोलि नै अदालतमा प्रारम्भिक सुनुवाइ हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दर्ता गर्ने तयारी गरेकी छिन्। उनलाई रिहा गर्नुपर्ने मागसहित एमाले निकट कानुन व्यवसायीहरूले अदालतमा बहस गर्नेछन्।

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई गत चैत १४ गते शनिबार पक्राउ गरिएको थियो।

यस घटनापछि एमालेले ओली र लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी र पूर्वाग्रही’ भन्दै यसको राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

 
 
 
आइतबार, १५ चैत्र २०८२, १२ : ०४

प्रतिक्रिया