हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण

आइतबार, १५ चैत्र २०८२, १३ : ४३

 काठमाडौं - इरान र इजरायलबीच चलिरहेको मध्यपूर्व युद्धमा यमनको विद्रोही समूह हुथी पनि संलग्न भएको छ । हुथी विद्रोही समूहले हिजो मात्रै दक्षिणी इजरायलका विभिन्न क्षेत्रलाई लक्षित गर्दै दोस्रो पटक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हुथीका सैन्य प्रवक्ता याह्या सरेले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा धेरै महत्त्वपूर्ण सैन्य स्थलहरूलाई लक्षित गरी क्रुज मिसाइल र ड्रोन आक्रमण गरिएको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

आक्रमण इरान र लेबनानका सैन्य गतिविधिसँग मिलेर गरिएको र यसले आफ्नो उद्देश्य सफलतापूर्वक हासिल गरेको दाबी गरिएको छ । इरानसँग निकट मानिने हुथी एक प्रमुख संगठन हो । सन् १९९४ मा यमनमा स्थापना भएको कट्टरपन्थी सिया इस्लामिक संगठन हुथीलाई प्रशिक्षण, हतियार तथा आर्थिक सहयोग उपलब्ध गराएको आरोप इरानमाथि लाग्दै आएको छ ।

आइतबार, १५ चैत्र २०८२, १३ : ४३

प्रतिक्रिया