वर्तमान मन्त्रिमण्डलमा महिलाको अभूतपूर्व प्रतिनिधित्व

मंगलबार, १७ चैत्र २०८२, ११ : २६

नेपालको इतिहासका पाना पल्टाउने हो भने २०१५ सालको सरकारमा नेपाली महिलाको प्रतिनिधित्व प्रतिशतले ३ तथा व्यक्तिमा एक जनाले शुरुवात भएको थियो। नेपालको इतिहासमा पहिलो महिलामन्त्री माननिय श्री द्वारिकादेवी ठकुरानी हुन भएको थियो। त्यस बेलाका प्रधानमन्त्री बीपी कोईराला थिए। अहिले २०८२ सालको मन्त्रीमण्डलमा ५ जना मिहला मन्त्रिहरू मध्ये निशा मेहता, प्रतिभा रावल, सोविता गौतम, गीता चौधरी र सीता वादीको प्रितिनिधित्व रहेकोछ। 

प्रतिशतमा हेर्ने हो भने ३ प्रतिशतबाट बढाएर ३३ प्रतिशतसम्म पुगाउन ठूलो सफलता हासिल गरेको पाईन्छ। ६७ बर्षको अन्तरालमा ११ गुणा बढी प्रतिशत पुगाउन महिला मन्त्रीहरुको ठूलो सफलता हो। त्यसैले सम्पूर्ण महिला दिदिबहिनिहरुमा मेरो तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना छ। यसै गरी प्रत्येक मन्त्रिमण्डलमा महिला प्रतिनिधित्व नियमित रूपमा रहिरहोस भनि आशा पनि गर्दछु। म पनि सुदुरपश्चिमको भएको नाताले सुदूर छैन दूर भने भनाई सँग यस प्रतिनिधित्वले जनाएको छ। 

यसपालिको अभूतपूर्व महिला प्रतिनिधित्वको श्रीय प्रधानमन्त्री बालेन्द्र शाह र उनको रास्वपा टीमलाई जान्छ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। यसभन्दा पहिलेका दुईतिहाई बहुमत ल्याएका राजनीतिक दलहरुले पनि यस्तो महिलाको प्रतिनिधित्व गराउन सकेका थिएन्। यो पनि पहिलो परिवर्तनको शुरुवात हो। पहिलाको महिला मन्त्री पनि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व भएको थियो भने यसपाली पनि दुईजना महिला मन्त्री सुदूरपश्चिम प्रदेशबाट भएको इतिहास कायम रह्यो। अबका दिनहरुमा महिला दिदिबहिनिहरुले यस भन्दा बढी ५१ प्रतिशतको संख्या सबै क्षेत्रहरुमा पुगाउने आशा गरेको छु। 

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रिमण्डलमा संविधानको मर्म अनुसार नेपालमा पहिलो पटक ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराइएको पहिलो इतिहास कायम भयो। यो नेपालको संविधानको समावेशीतालाई पूर्ति गरेको यो पहिलो पटक  हो। यसभन्दा पहिलेका राजनीतिक दलहरुले दुईतिहाई बहुमतको सरकार बनाउदा पनि कुनै समय पनि महिलाहरुको प्रतिनिधित्व यसरी गराएको तथ्यांक पाइएको छैन्। 

वर्तमान सरकारले संविधानको नियमलाई पालना गरि महिला मन्त्रीको संख्यामा ३३ प्रतिशत पुरयाएको इतिहास पहिलो पटक भएकाले नेपाली जनताले धन्यवाद दिएकाछन्। महिलाको प्रतिनिधित्व पनि समावेशीको नियम अनुसार सबभन्दा बडी प्रतिशत खस आर्यको भएकाले यसपालीको महिला मन्त्रीहरुमा २ जना खस आर्य मध्ये १० सोविता गनैतम-कानून, २० प्रतिभा रावल-सामान्य प्रशासन र भूमिमा हुन भएको छ। 

मद्येशीको तर्फबाट निशा मेहता-स्वास्थ्य र खानेपानी, दलितको तर्फबाट सीता वादी-महिला बालबालिका र थारुको तर्फबाट गीता चौधरी(कृषि र बन जस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नु भएको छ। यसै गरि विभिन्न प्रदेशको प्रतिनिधित्व यसरी गरिएको छ। जस्तै बागमति प्रदेशबाट सोविता गौतम, सुदूरपश्चिम प्रदेशबाट गीता चौधरी र प्रतिभा रावल, कर्णाली प्रदेशबाट सीता वादी र कोशी प्रदेशबाट निशा मेहताको प्रतिनिधित्व भएको छ। 

यो पनि समावेशी अनुसारको प्रतिनिधित्व गराएको छ। हाल युवाहरुको नेतृत्वमा गठन भएको मन्त्रीमण्डल तथा नेपाल सरकार एक नयाँ दिशामा जाने जम्र्को गरिरहेको छ। देशको परिवर्तन र विकासका लागि नेतृत्वमा नयाँ विचार, नयाँ सोच, नयाँ जागरुक्ता र नयाँ अनुशासन चाहिन्छ र त्यसले मात्र देशको प्रगति तथा विकास गर्न र स्थानीय श्रोतको सही सदउपयोग गर्न सक्दछ। अहिलेको मन्त्रीमण्डलमा नवयुवाहरुको जमाज भएकोले नेपालको विकास सकारात्मक ढंगले अगाडी बढने विश्वास नेपाली जनताले लिएका छन्। 

यदि यो सरकारले पनि उही पुराना राजनीतिक दलहरुको कार्यशैली अपनाए र अगाडी बढेमा केही पनि गर्न सकिदैन र पाँच बर्षसम्म खाली समय विताउने कार्यमात्र हुन जान्छ। अब म नेपाल निर्वाचन आयोग र संविधानले बनाएको समावेशी बाडफाड अनुसारको महिलाहरुको मन्त्रालयमा कति प्रतिशत कुन वर्गबाट भएको प्रस्तुती गर्न चाहन्छु। 

mahila

यस छोटो अनुसन्धानको प्रतिवेदनमा खस आर्यको ४० प्रतिशत, मद्येशीको २० प्रतिशत, थारुको २० प्रतिशत र दलितको २० प्रतिशत गरि प्रतिनित्व भएको देखिन्छ। वर्गको समावेशीमा खस आर्यको ३०.२८ प्रतिशत,  आदिवासी जनजातिको २८.७२ प्रतिशत,  मद्येशीको १६.१५ प्रतिशत, दलितको १३.४४ प्रतिशत, थारुको ६.५२ प्रतिशत र मुस्लिमको ४.८९ प्रतिशत गरी छुटाएको छ। त्यसै प्रकारले प्रतिनिधित्व गराउनु पर्ने नियम पारित गरेको छ। तर यसभन्दा पहिले गठन भएका मन्त्रीमण्डलहरुले यस नियमको पालना गरेको पाइएन्। 

हाल गठन भएको मन्त्रीमण्डलमा यस नियमको पालना भएको देखिन्छ र सबै महिला मन्त्रीहरु निकै सक्षम भएको देखिन्छ। महिलाहरूले आफनो र्वश्चोसो कायम राखेकामा अन्य पिछडीयको वर्गले पनि शिक्षा र अन्य बिषयमा विज्ञता गरी यसै प्रकारले आफनो प्रतिनिधित्व सबै क्षेत्रमा गराउने कोसिस गर्न सुझाव दिन्छु। राज्यको जुनसुकै स्थानमा होस आफनो प्रतिनिधित्व जनाउनको लागि पहिले आफनो योग्यता तथा दक्षता बनाउन पर्छ। 

त्यसपछि मात्र त्यो ठाउँमा जाने बाटोको खोजीमा लाग्नु पर्छ । योनै नयाँ परिवर्तन हो र अवश्य एक न एक दिन सफलता पाईन्छ। आफनो व्यक्तिगत योजना बनाई सो अनुसार प्रत्येक कर्तव्यको शुरुवात गरेमा मात्र सोचेको  चरणमा एक न एक दिन अवश्य पुगिने सोच राख्नु पर्छ र व्यक्तिले आफनो कठिन परिश्रम गरेको गरेको हुनु पर्छ। माथी उल्लेखित परिणामले वर्तमान सरकारको गठन तथा कदम राम्रो र पारदर्शित भएको देखिन्छ। 

रास्वपा दललाई नेपाली जनताले अभूतपूर्व जित गराई युवाहरुको नेतृत्वमा विश्वास गर्नको मुख्य कारण हो नेपालको मुहार फेर्नु र देशमा भएका अनैतीक कार्यलाई हटाई नयाँ नेपालको संरचना बनाई विश्वमा चिनाउने हो। अबका दिन भनेका विकासका दिन हुन र नेपाल देशलाई ब्रान्डीङ गरी स्मार्ट बनाउने प्रकृर्यामा अगाडी बढनु पर्ने हुन्छ। यसको सहयोग नेपाली जनता र नेपालका विज्ञहरुले गर्नेछन्।  महिलाहरुको वर्तमान मन्त्रीमण्डामा प्रदेशबाट भएको प्रतिनिधित्व बारे जानकारी दिईन्छ।

chart 2

माथि उल्लेखित तथ्याकन देखाउछ की सुदूरपश्चिम प्रदेशबाट ४० प्रतिशत, बागमति प्रदेशबाट २० प्रतिशत, कोशी प्रदेशबाट २० प्रतिशत र कर्णाली प्रदेशबाट २० प्रतिशतको महिलाको प्रतिनिधित्व हालको मन्त्रमिण्डलमा भएको देखिन्छ। यसले प्रदेश र वर्ग समावेशीको प्रतिनिधित्व सकेसम्म मिलाएएको जस्तो देखिन्छ। 

मन्त्रीमण्डलको संख्या कम भएकाले मद्येश, लुबिनि,गण्डकी प्रदेश र मुस्लिम जातको प्रतिनिधित्व यस मन्त्रिमण्डलमा नभएको देखिन्छ। मन्त्रीमण्डलको संख्या बढी भएमा सबै वर्ग र प्रदेशको प्रतिनिधित्व समावेशी सुचिमा थपिने छ। वर्तमान सरकारको नीतिनियमले सबैको प्रतिनिधित्व गराउने बिचार रहेको पाइन्छ । मेरो विचारमा पनि सरकारले महिला सशक्तिकरण गर्ने योजनातर्फ निकै ध्यान दिएको पाईन्छ। भनाई छकी हुने विरुवाको चिलो पात, नहुने विरुवाको फूर्सो पात भने जस्तै शुरूवात राम्रो छ। वर्तमान सरकारको प्रर्यतन राम्रो छ बधार्इ छ। साथै गरिब र नगने वर्गबाट पनि प्रतिनिधित्व गराएको इतिहास राम्रो छ। बालेन सरकारले सडक तथा खोलामा गिट्टी कुटने समेत आफनो सरकारमा सहभागि गराएको छ। 

यसको श्रेय रास्वपालाई जान्छ। गरिब, बेरोजगारी र पिछडिएको वर्गलाई सबभन्दा पहिले माथि उठाउने व्यवस्था हो । सो यस दलको पहिलो प्राथमिकतामा राखेके कुरा राम्रो छ। नयाँ गठन भएको सरकारले नयाँ कामको थालनी गरि विश्वमा नेपाललाई धनी देशको रुपमा चिनाउने कोशिस गरौस भनि नेपाली जनता चाहेका छन्। (लेखक डा.सिंह, हार्ट क्लब नेपाल ललितपुर जिल्ला सभापति हुन् )

 
 
 
 
मंगलबार, १७ चैत्र २०८२, ११ : २६

प्रतिक्रिया