काठमाडौं- एनसेलले आफ्ना ग्राहकका लागि दैनिक १०० एमबी निःशुल्क डेटा उपलब्ध गराउने नयाँ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले हरेक हप्ता आकर्षक डेटा भोल्युम पुरस्कारका रूपमा ५० जीबीसम्म जित्न सक्नेछन्।
ग्राहक अनुभव अभिवृद्धि गर्दै डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो अफर सञ्चालनमा ल्याएको जनाएको छ।
यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन Ncell App को Buy Pack मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्नेछन्। यसले प्रयोगकर्तालाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्ने कम्पनीको विश्वास छ। कम्पनीका अनुसार यो अफरले ग्राहकलाई आधारभूत सेवा भन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नेछ।
एनसेल एप डिजिटल माध्यमबाट सहज रूपमा विभिन्न ग्राहक सेवा लिन सकिने एक प्लेटफर्म हो। यसमार्फत प्रयोगकर्ताले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, विभिन्न सेवाको प्रयोग तथा मनोरञ्जनात्मक गेमहरू एकै ठाउँबाट प्रयोग गर्न सक्छन्। एपमार्फत छिटो र सहज पहुँचका कारण ग्राहकले सेवा लिन थप सजिलो हुने कम्पनीले जनाएको छ।
ग्राहक संलग्नता बढाउन एनसेलले Play & Win अफर पनि सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत ग्राहकहरूले एपमा आधारित विभिन्न गतिविधिमा सहभागी भई साप्ताहिक रूपमा ५० जीबीसम्म डेटा जित्ने अवसर पाउनेछन्।
प्रयोगकर्ताहरूले दैनिक रूपमा एपमा गई Spin the Wheel, Math Challenge, Ncell Runner र Scratch & Win जस्ता गेमहरू खेल्दै अंक संकलन गर्न सक्नेछन्। हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरूको स्थान निर्धारण गरिनेछ र सोही अनुसार डेटा पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।
प्रत्येक हप्ता कुल ३,४१० जना ग्राहकले डेटा पुरस्कार प्राप्त गर्नेछन्। जसअनुसार शीर्ष १ देखि १० स्थानसम्मका ग्राहकले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन्। ११ देखि ६० स्थानसम्मका ग्राहकले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकले ५०० एमबी तथा ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार यो निःशुल्क डेटा अफर डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजनाअन्तर्गत ल्याइएको हो। दैनिक निःशुल्क डेटा र विभिन्न क्रियाकलापमार्फत ग्राहक अनुभव अझ समृद्ध बनाउँदै डिजिटल पहुँचलाई आकर्षक, सहभागितामूलक र सबैका लागि सहज बनाउने लक्ष्य एनसेलले राखेको छ।
प्रतिक्रिया