संसदमा बादलको गर्जनले कर्पोरेट मिडियादेखि सबै दलालहरु थर्कमान

शुक्रबार, २० चैत्र २०८२, १३ : ०२

काठमाडौँ -नेकपा एमाले उपाध्यक्ष एव‌ संसदीय दलका नेता रामबहादुर थापाले बिहीबार संसद् बैठकमा दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा एक खालको तरङ्ग ल्याइदिएको छ । कर्पोरेट मिडियाहरु कसैले पनि बादलको भाषणलाई स्थान दिएका छैनन् । यसबाट नै बुझिन्छ कि देशको राजनीतिमा कुनै अदृष्य शक्तिको पकड रहेको छ । कर्पोरेट मिडिया देखि जेन-जी आन्दोलनको निर्देशन र व्यवस्थापन एउटै केन्द्रबाट भएको छ भन्ने दाबीलाई यस घटनाले पनि पुष्टि गरेको छ । संसदको पहिलो बैठकमा बादल मात्र एक जना देशभक्त र ज्यूँदो नेताको रुपमा प्रस्तुत भएको सन्देश दिउका छन् ।  

भदौ २३ को जेन-जी आन्दोलन भदौ २४ को विध्वंस र फागुन २१ को निर्वाचन परिणामको विषयलाई लिएर उनले तत्कालीन सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारी, विदेशी शक्ति र केही गैरसकारी संस्थाको हात रहेको बादलले निर्धक्कसँग बताए । उनको अभिव्यक्तिलाई लिएर एमालेका केही अवसरवादी नेताहरुको निद हराम भएको छ । 

अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमै रहेको बेला थापा बुधबार संसदीय दलको नेता बनेर बिहीबार संसदको बैठकमा एमालेको धारणा राखेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन ‘राज्य र बिभिन्न शक्ति लागेको’ आरोप उनले लगाएका थिए ।

‘यो जादूमय विजयमा ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,’ थापाले भनेका थिए, ुअदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’

उपाध्यक्ष विष्णु पौडेलले थापाले ‘दल नेताको हैसयितले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापति नीति र मान्यता विपरीत’ भएको टिप्पणी गरेका थिए । तर, संसद्‍मा बोल्नुअघि उनले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग परामर्श गरेका थिए ।  थापाले बोलेका विषय राजनीतिक रुपमा सही भए पनि राज्यका अङगहरुहरु सेना, कर्मचारीलाई विवादमा तानेको विषय ‘निजी भएको’ संस्थापनइतर नेताहरुको भनाइ छ।

उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिब योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सस्थापन पक्षले भने थापाले संसदमा रोखेका राजनीतिक विषय पार्टी नीति अनुसार भए पनि राज्यका अङ्गहरुप्रति लक्षित आरोप निजी भएको जनाएको छ । 

सचिव पदमा अर्यालदले दल नेता थापाले भदौ २३ र २४ का घटना, निर्वाचनमा विषयमा राजनीतिक विषय गलत नभए पनि राज्यका अङ्गहरु सेना, कर्मचारीप्रति लक्षित विषय निजी भएको बताइन् ।  

‘दल नेता रामबहादुर थापाले संसद्‍मा राखेका राजनीतिक विषय छलफलबाटै आएका हुन्’ उनले भनिन्, ‘राज्यका स्टेक होल्डरबारे उठाएका विषय उहाँका निजी कुरा हुन् ।’ अर्का सचिव खगराज अधिकारीले सचिवालय बैठकमा संसद् र बाहिर राजनीतिक र अन्य मुद्दामा एउटै धारणा बनाउनेबारे सचिवालयमा छलफल हुने बताए ।

सोझो मगरको छोरोले जे देख्यो त्यही भन्यो । सेनाको भूमिकादेखि लिएर संसद भवन, सिंहदरबार जलाउने मतियारहरु को को थिए ? टिओबीको सकियता कसरी र कुन उद्देश्यका लागि भैरहेको छ र केपी ओलीमाथि किन निशाना साँधिएको  छ भन्ने बारेमा उनका भनाइ प्रष्ट र आधार प्रमाण सहित छन् । उनको भनाइ विष्णु पौडेल र योगेशहरुलाइृ मन परेनछ । सधैं ओभर स्मार्ट बन्ने योगश नेकपा फुटाउने प्रमुख मतियार हुन भने अर्थतन्त्रको सामान्य ज्ञान नभए पनि एमाले सरकारमा रहँदा सधैं अर्थमन्त्री बन्ने अनि पार्टीमा पदाधिकारी बन्ने अवसर पाइरहने पौडेल जस्तो अवसरवादी बादल थिएनन् । प्रचण्डपछिको बरियता छाडेर एमालेमै रहेका बादलललाई एमालेको कोर समूहले कहिल्यै राम्रो मानेन् ।

ओलीका इमान्दार सारथी बादललले ओलीलाई सत्ताबाट बेदखल र पक्राउ गरिनु बेठिक भन्दै स.सदको रोष्टममै पड्किए । उनी ओलीलाई अप्ठ्यारोमा काँध थाप्ने इमान्दखार साथी बने । बादलले जे भएको थियो त्यसलाई निर्भिकताकासाथ भने । के गल्ती गरे ? तर दुखको कुरा कुनै पनि ठूला भनिने मिडियाहरुले उनको अभिव्यक्तिलाई स्थान दिएनन् । 
बादलमाथि एमालेका केही अवसरवादी नेताहरु सुहाङलाई दलको नेता बनाइ नायबी चलाएर फेरि एमालेको राजनीतिलाई दुगन्धित बनाउन चाहन्थे । उनीहरुको अभिलाषा पुरा नहुने भएपछि बादलमाथि प्रतिशोध साँधिएको बुझ्न गाह्रो छैन ।  

 
 
शुक्रबार, २० चैत्र २०८२, १३ : ०२

प्रतिक्रिया