काठमाडौं- नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्ना ग्राहकहरूका लागि आकर्षक "अपग्रेड अफर" सार्वजनिक गरेको छ। इन्टरनेट अनुभवलाई थप स्तरीय र तीव्र बनाउने उद्देश्यले ल्याइएको यस क्याम्पेन अन्तर्गत हालका प्रयोगकर्ताहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० Mbps मा अपग्रेड गर्न सक्नेछन्। यो विशेष अफर ६ महिना, १२ महिना र २४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमा उपलब्ध गराइएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले सहज स्ट्रिमिङ र छिटो डाउनलोडको सुविधा प्राप्त गर्नेछन्।
यस अपग्रेड प्याकेजको मुख्य आकर्षणको रूपमा ग्राहकहरूले नि:शुल्क डुअल ब्याण्ड राउटर (Dual Band Router) प्राप्त गर्नेछन्, जसले बलियो सिग्नल कभरेज र स्थिर कनेक्टिभिटी सुनिश्चित गर्नेछ। साथै, कम्पनीले विशेष सहकार्य अन्तर्गत ग्राहकहरूलाई नि:शुल्क केपीआई हेल्मेट (KPI Helmet) पनि प्रदान गर्ने जानकारी दिएको छ। सीमित अवधिका लागि मात्र उपलब्ध यस अफरमार्फत ग्राहकले थप गति र थप सुविधाका साथ उत्कृष्ट इन्टरनेट सेवाको लाभ लिन सक्नेछन्। यस सम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट wifinepal.com.np वा फोन नम्बर ०१-५९७०७८९ मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया