काठमाडौं- मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूको डिजिटल अनुभवलाई थप प्रभावकारी र सहज बनाउन 'वान बाई मेटलाइफ' मोबाइल एपमा महत्त्वपूर्ण नयाँ सुविधाहरू थप गरेको छ। यस नयाँ अपडेटअन्तर्गत विशेष गरी दीर्घकालीन रगतमा चिनीको मात्रा (HbA1c) देखाउने स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा समावेश गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो सम्भावित स्वास्थ्य जोखिमबारे समयमै जानकारी प्राप्त गर्न मद्दत गर्नेछ।
यसका साथै एपमा डिजिटल बीमा सेवाहरूको पनि विस्तार गरिएको छ, जसले गर्दा ग्राहकहरूले बीमा दाबी प्रक्रिया सुरु गर्ने, व्यक्तिगत जानकारी अपडेट गर्ने, पोलिसी नवीकरण गर्ने र प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो बजेट अनुसारको योजना छनोट गर्ने जस्ता कार्यहरू एउटै प्लेटफर्मबाट सजिलै गर्न सक्नेछन्। इन्टरनेट कमजोर भएको अवस्थामा पनि अफलाइन नोटिफिकेशनमार्फत आवश्यक सूचना प्राप्त गर्न सकिने र शाखामै पुग्नुपर्ने झन्झटलाई कम गर्दै कागजी प्रक्रियालाई समेत यस एपले न्यूनीकरण गर्ने विश्वास कम्पनीले लिएको छ।
मेटलाइफका जनरल म्यानेजर निर्मल श्रेष्ठका अनुसार यो एप स्वास्थ्य र बीमा व्यवस्थापनलाई एकीकृत गरी ग्राहकको दैनिक जीवनलाई सरल बनाउन डिजाइन गरिएको हो।
प्रतिक्रिया