अबुधाबी घटना : ७ नेपालीमध्ये ६ जना डिस्चार्ज, एक जना उपचाररत

शनिबार, २१ चैत्र २०८२, १६ : ३९

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित अब्जान क्षेत्रमा अप्रिल ३ मा  ड्रोन र मिसाइलको अवशेष खस्दा घाइते नेपालीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ।

दूतावासका अनुसार उक्त घटनामा घाइते भएका ७ जना नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक जना गम्भीर घाइतेको अस्पतालमै उपचार भइरहेको छ। घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको उनको पनि अवस्था खतरामुक्त रहेको राजदूतावासले जारी गरेकाे सूचनामा उल्लेदख गरिएकाे छ । 

दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत तथा प्रत्यक्ष भेटघाट गरेर अवस्थाबारे जानकारी लिइरहेको र आवश्यक सहयोग तथा समन्वय गरिरहेको जनाएको छ। साथै, उनीहरूको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था स्थानीय सरकारबाट भइरहेको पनि जानकारी दिइएको छ।

त्यसैगरी, मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी निर्देशनहरू पालना गर्न, आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न र सतर्क रहन आग्रह गरिएको छ।

 
 
 
शनिबार, २१ चैत्र २०८२, १६ : ३९

प्रतिक्रिया