सुनचाँदी व्यवसायी विपिन रामदाम सम्मानित

आइतबार, २२ चैत्र २०८२, १३ : ४६

काठमाडौं– एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका अध्यक्ष विपिन रामदामलाई सम्मान गरेको छ।

शनिबार काठमाडौंमा आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा नव–निर्वाचित जनप्रतिनिधि र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा रामदामलाई सम्मान गरिएको हो।

समाजद्वारा प्रदान गरिएको सम्मान–पत्रमा रामुदामुले विश्वकर्मा समुदाय, सुनचाँदी व्यवसाय तथा देश र जनताको हितमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो। उनलाई समाजसेवी, युवा उद्यमी तथा व्यवसायीहरूको हक–हितका पक्षमा निरन्तर आवाज उठाउने व्यक्तित्वका रूपमा कदर गरिएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित सांसद खगेन्द्र सुनार लगायत अन्य व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

सम्मानपत्र एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजको केन्द्रीय कार्यालय, काठमाडौंले प्रदान गरेको हो।

 
आइतबार, २२ चैत्र २०८२, १३ : ४६

प्रतिक्रिया