डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्य रुपमा सम्पन्न

सोमबार, २३ चैत्र २०८२, १४ : २४

काठमाडौँ- लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ ।

पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६÷२७  लागि डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् ।

कन्भेन्सनमा उपस्थित प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर लायन पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे ।

लायन्स क्लब अफ पोखरा अन्नपुर्णले व्यवस्थापन गरेको उक्त कार्यक्रम ऐतिहासिक र स्मरणीय बनेको कार्यक्रमका अध्यक्ष तथा हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले जानकारी दिए । डिष्ट्रिक्ट गभर्नर इलेक्ट बास्तोलाले क्याबिनेट सचिवमा लायन जीवन गोर्खाली, क्याबिनेट कोषाध्यक्षमा लायन पुरुषोत्तम प्रसाद पराजुलीलाई मनोनित गरेका छन् । 

Convention main

त्यसैगरी चिफ एडभाईजरमा लायन राजु श्रेष्ठ र चिफ गभर्नर एडमा लायन रामराजा थापालाई मनोनित गरेका छन् । साथै उनले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मल्टिपल काउन्सिल चियरपसर्न तथा आईपिडिजी लायन मिलन थापा, मल्टिपल फस्ट पर्सन, मल्टिपल काउन्सिल मेम्बर तथा पिडिजी लायन ध्रुब बहादुर थापा, मल्टिपल कोअर्डिनेटर तथा पिडिजी लायन योगेन्द्र प्रधान, मल्टिपल डिष्ट्रिक्ट चियरपर्सन तथा पिडिजी लायन हरि प्रसाद मरहट्टा, पाष्ट मल्टिपल काउन्सिल चियरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ, पिडिजी लायन ध्रुव श्रेष्ठ लगायत अन्य डिष्ट्रिक्टबाट उपस्थित अतिथिसहित १ हजार भन्दा बढी लायन्स र लियो सदस्यहरुको उपस्थिती थियो ।

Convention - Chief Guest-Special Guest & DG

क्याबिनेट सेक्रेटरी लायन पुरुषोत्तम बस्नेतले सञ्चालन गरेको उक्त कन्भेन्सन कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरुलाई सम्मान गरिएको थियो । कन्भेनर लायन सूर्य प्रसाद बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी उक्त दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो आशिष थापा र लियो भाईस डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो माधव तिमल्सिना निर्वाचित भएका छन् । इलेक्ट लियो प्रेसिडेन्ट थापाले लियो डिष्ट्रिक्ट सचिवमा लियो सहनसिल बराल र कोषाध्यक्षमा लियो बिनिता बोगटीलाई मनोनित गरेका छन् ।

 
सोमबार, २३ चैत्र २०८२, १४ : २४

प्रतिक्रिया