काठमाडौंं - ज्योति विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ । बैंकले उक्त निस्शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो ।
सप्तरीको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको परिसरमा आयोजित उक्त स्वास्थ्य शिविरमा २००० भन्दा बढी व्यक्तिको निस्शुल्क आँखा जाँच भएको हो । कार्यक्रममा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको निस्शुल्क शल्यक्रिया भएको थियो ।
४०७ जना बिरामीहरुको शल्यक्रिया पश्चात आवश्यक पर्ने चस्मा र औषधिहरू पनि निस्शुल्क प्रदान गरिएको छ । यस पहलमार्फत दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायका सदस्यहरूलाई सहज र गुणस्तरीय उपचार सेवा निस्शुल्क उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान दिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया