मरिण गाउँपालिकाका तीन मुद्दाको अनुसन्धान अन्तिम चरणमा, अध्यक्षविरुद्ध ‘खेताला परीक्षा’ प्रकरण पनि समेटियो

विहीबार, २६ चैत्र २०८२, ११ : ३९

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कन्सल्टेन्ट दीपक देवकोटाले सिन्धुली जिल्ला मरिण गाउँपालिकासँग सम्बन्धित तीन वटा मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । त्यसमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानसँग जोडिएको ‘खेताला लगाएर परीक्षा दिएको’ आरोपसम्बन्धी प्रकरण पनि समावेश रहेको बताइएको छ ।

देवकोटाका अनुसार अनुसन्धान टोलीले विभिन्न पक्षबाट प्रमाण संकलन तथा विश्लेषणको काम गरिरहेको छ ।‘अनुसन्धान जारी रहेकाले सबै विवरण सार्वजनिक गर्न मिल्दैन ,’उनले भने, ‘तर छिट्टै यी मुद्दाहरूको टुंगो लाग्नेछ ।’

यस्ता गलत क्रियाकलापले स्थानीय तहको नेतृत्वको नैतिकता र योग्यतामाथि प्रश्न उठाएको छ । गाउँपालिका अध्यक्ष मोक्तानमाथि आफ्नै परीक्षामा अरू व्यक्तिलाई ‘खेताला’का रूपमा प्रयोग गरेका थिए । यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको विश्वसनीयतामाथि गम्भीर बहस जन्माएको छ ।

कस्सल्टेण्ट देवकोटा स्वयं सिन्धुलीका बासिन्दा भएकाले जिल्लासँग सम्बन्धित कामकारबाहीमा विशेष चासो राख्दै आएको पनि उनले बताएका छन् । अनुसन्धानको निष्कर्षले स्थानीय तहको सुशासन र पारदर्शितामा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

देवकोटा अख्तियारका प्रमुख आयुक्तका विश्वासपात्र र नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट छन् । प्रचण्ड निकट व्यक्तिहरूलाई अख्तियारमा चोख्याउने कार्यमा उनको भूमिकाका बारेमा प्रश्न गर्दा उनले अश्वीकार गरे ।

 
 
 
विहीबार, २६ चैत्र २०८२, ११ : ३९

प्रतिक्रिया