हरियो खुर्सानी खाँदा फाईदै–फाईदा

४ बर्ष अगाडि

एजेन्सी – खुसार्नी एक पीरो पदार्थ हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुको अध्ययनले खुसार्नी स्वास्थ्यका एकदमै उपयोगी रहेको देखाएको छ ।

हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ र? खानामा कम्तीमा दुइवटा हरियो खुसार्नी खाने गर्नाले क्यन्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ । हरियो खुर्सानीले प्रकृतिक रुपमानै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ ।

१.मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।

२.क्यान्सरबाट बचाउँछ स् पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो
खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ ।
३.सँधै जवान राख्न मद्धत गर्छ स्हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।
४ं.छालाको संक्रमणबाट बचाउँछ स् यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउँछ ।
५.मधुमेहबाट बचाउँछ स् हरियो खुर्सानीले रगतमा सुगरको लेभललाई कन्ट्रोल गर्दछ । जसले मधुमेहको समस्याबाट छुटकारा दिलाउँदछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन पनि पद्धत गर्दछ ।
६.हड्डिलाई बलियो बनाउँदछ स् हरियो खुर्सानीमा प्रसस्त मात्रमा आइरन पाइन्छ जसले हड्डिलाइ बलियो बनाउँदछ र रगतलाई पनि बढाउने गर्दछ । महिलाहरुको लागि हरियो खुर्सानी निकै लाभदायक हुन्छ ।
७ रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ स् हरियो खुर्सानीमा भिटामिन सिको मात्रा प्रशस्त मात्रमा हुने गर्दछ जसले शरिरमा भिटामिन ‘सि’ को पुर्तिका साथै शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया