काठमाडौँ - सरकारले राजधानीमा रहेका सरकारी अस्पतालमा दुई सिफ्टमा उपचार गराउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०८१\८२ को वार्षिक नीति तथा कार्यक्रममा सङ्घीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनस्संरचना गरिने बताए।‘वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिनेछ।
कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइनेछ,’ पौडेलले नीति तथा कार्यक्रममा भने, ‘ सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिनेछ।’
प्रतिक्रिया