पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आजैदेखि नयाँ मूल्य लागू

शुक्रबार, २७ चैत्र २०८२, ०० : १६

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन (आन्तरिक)मा प्रति लिटर ६ रुपैयाँले मूल्य बढाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र निरन्तर घाटाका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। निगमका अनुसार अझै पनि पाक्षिक रूपमा १० अर्ब २१ करोड ९१ लाख घाटा व्यहोर्नु परिरहेको छ।

Messenger_creation_9EE48ECF-55A8-47B2-AF76-D225CCD7D17E

 

शुक्रबार, २७ चैत्र २०८२, ०० : १६

प्रतिक्रिया