ड्यानियल लि लेनीलाई दीक्षा फाउन्डेशनद्वारा नागरिक अभिनन्दन्

शुक्रबार, २७ चैत्र २०८२, १६ : २५

काठमाडौँ- दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको वालुवाटारमा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । त्यसैगरी, विशिष्ट अतिथिका रूपमा ’वल्र्ड वाइड गोट प्रोजेक्ट नेपाल’ (WWGPN) का संस्थापक ड्यानियल लि लेनी र इसिमोड (ICIMOD) का प्रतिनिधि किलियन उइवर लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रबुद्ध महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका प्रतिनिधि माधब कुमार धमलाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई मन्तव्यमार्फत स्वागत गरेका छन् ।

सो अवसरमा संस्थाकी प्रतिनिधि आश्मा के.सी. ले यो वर्ष २०८२ सालमा धादिङ, काभ्रे, काठमाडौं, गोरखा र तनहुँ लगायतका जिल्लाहरूमा सञ्चालन गरिएका विभिन्न सामाजिक गतिविधिहरूका बारेमा विस्तृत जानकारी गराईन् । संस्थाले विगत लामो समयदेखि सहयोग गर्दै आएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै सन्तोषी थापाले दीक्षा फाउन्डेशनसँगको आफ्नो अनुभव र संस्थाले शैक्षिक यात्रामा पु¥याएको सहयोगका बारेमा चर्चा गरेकी छिन् । कार्यक्रमको विशेष क्षणमा विगत ३ दशकदेखि नेपाल र नेपाली कृषक तथा समुदायमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै ड्यानियल लि लेनीलाई कदर पत्रसहित विशेष सम्मान गरिएको थियो । उनले यस संस्थाका विभिन्न कार्यक्रमहरूमा समेत महत्त्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो मन्तव्यमार्फत संस्थालाई बधाई तथा शुभकामना दिएको उक्त कार्यक्रममा प्रमुख अतिथि दिनेश राज सापकोटाले धन्यवाद एवं शुभकामना व्यक्त गरे । कार्यक्रमको अन्त्यमा सभापति एवं संस्थाका अध्यक्ष शोश्रीन शर्माले उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे । संस्थाका सचिव सन्तोष धमलाले कार्यक्रमका बारेमा मिडियालाई जानकारी गराएका थिए ।

 
 
शुक्रबार, २७ चैत्र २०८२, १६ : २५

प्रतिक्रिया