साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ-कुरियर्स

आइतबार, २९ चैत्र २०८२, १२ : ०६

काठमाडौँ- इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ-कुरियर्स प्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ ।

विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यस वृद्धिमा महत्वपुर्ण भुमिका खेलेका छन् । इनड्राइभ-कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ। यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी शहरभित्र पार्सल पठाउन सकिन्छ । औसतमा, कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ । औसत डेलिभरी दुरी करिब ६ किलोमिटर रहेको छ ।

इनड्राइभको आन्तरिक तथ्यांकअनुसार, सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा २००% भन्दा बढीले बढेको थियो । साथै, कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय (SMB) साझेदारहरू, जसमा स्थानीय पसल, अनलाइन विक्रेता र घरबाट सञ्चालन हुने व्यवसायहरू समावेश छन्, दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ताको संख्या २.६ गुणाले बढेको छ, जसले साना व्यवसायहरूमा डेलिभरी सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको संकेत गर्दछ ।

यस अवधिमा प्रयोगकर्ताहरूले कपडा, दैनिक उपभोग्य सामग्री, खाना, स्पेयर पाट्र्सदेखि लिएर बाकस तथा अन्य पार्सलसम्म विभिन्न सामान पठाउन प्लेटफर्म प्रयोग गरेका थिए ।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भने, “नेपाली नयाँ वर्ष साना व्यवसायहरूका लागि अत्यन्त महत्वपुर्ण समय हो, जहाँ उनीहरूको वार्षिक बिक्रीको ठूलो हिस्सा यसै अवधिमा हुने गर्छ । हामीले थप उद्यमीहरूले छिटो र उचित सर्तमा आफ्ना ग्राहकसम्म पुग्ने इनड्राइभ.कुरियर्समा निर्भर हुँदै गएको देखिरहेका छौं ।”

अर्डर संख्यामा काठमाडौंले अग्रणी भ७त्रगयतसमिका खेलेको छ, जहाँ वर्ष–दर–वर्ष उल्लेखनीय वृद्धि देखिएको छख। साथै पोखरा र भरतपुरजस्ता शहरहरूमा पनि स्थिर विस्तार भइरहेको छ । यसले नेपालमा डेलिभरी सेवाको क्षेत्रमा इनड्राइभको सुदृढ उपस्थिति र नेपाली नयाँ वर्षजस्ता व्यस्त समयमा यसको बढ्दो महत्वलाई देखाउँछ ।

इनड्राइभ-कुरियर्सले नेपालका साना व्यवसायहरूका लागि भरपर्दो डेलिभरी समाधानका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै आएको छ । यसले लचिलो मुल्य निर्धारण प्रणालीमार्फत ग्राहक र कुरियरबीच उचित सहमति कायम गर्न सहयोग पु¥याउँछ । 

मौसमी माग हरेक वर्ष बढ्दै जाँदा, इनड्राइभ नेपालभर डेलिभरी सेवा अझ सुलभ बनाउँदै स्थानीय उद्यमीहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा निरन्तर अग्रसर रहने बताएको छ । 

 
 
आइतबार, २९ चैत्र २०८२, १२ : ०६

प्रतिक्रिया