काठमाडौं- भारतीय गायिका आशा भोसलेको निधन भएको छ । ९२ वर्षको उमेरमा भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार निधन भएको हो ।
हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए ।
उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।
प्रतिक्रिया